निल गाईको बाछो समातियो

  प्रकाशित मिति
२७ असार २०७३, सोमबार २०:०१


khabarnilgai

गौरीगञ्ज । खजुरगाछी–५ को आठ मौजा चिया बगानमा जङ्गली निल गाईको बाछो सोमबार समातिएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल गौरीगञ्ज र स्थानीयबासीहरुको सहयोगमा बाछो समातिएको हो ।

इलाका बन कार्यालय बेलडाँगीलाई जानकारी गराएपछि बनको टोलीले निल गाईको बाछा भनी प्रमाणित गरेको थियो ।

सो निल गाईको बाछालाई जामुनखाडी सिमसार तर्फ लगिएको इलाका बन कार्यालयका सहायक बन अधिकृत पर्शुराम ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: