निवृत्तराष्ट्र सेवक समाजले राहत कोषमा दियो ५० हजार

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार ०९:२१


भद्रपुर, ३ जेठ । लकडाउनका कारण सरकारले ल्यएको एकद्ववार राहत वितरण कार्यलाई सहययोग पुर्याउने उद्देश्यले निवृत्तराष्ट्र सेवक समाज भद्रपुर झापाले भद्रपुर नगरपालिकालाई राहत रकम उपलब्ध गराउनुका साथै केहि आस्रित पेन्सनरहरुलाई सहयोग गरेको छ ।

शुक्रवार समाजको कार्यकक्ष सगरमाथा चोक भद्रपुरमा आयोजित कार्यक्रमका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई नगद रकम ५० हजार तीन सय तीस रुपैयाँसहित तीन जना आस्रित पेन्सनरहरुलाई जनही ५ हजारका दरले १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

हस्तान्तरित रकम ग्रहण गर्दै प्रमुख श्रेष्ठले कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले लगाएको लकडाउन कार्यान्वयनको पूर्णरुपमा पालना गर्दै सम्पूर्ण समुदाय कोरोना भाईरसविरुद्ध एक जुट हुनु पर्नेमा जोड दिए ।

उन नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुको लागि केही किटको आबश्यक भएकोले सरकारसंग किटको माग भईरहेको र उक्त किट प्राप्त हुने वितिकै नगरपालिकाभित्र रहेका वार्डहरुलाई समेत आवतजावतमा वार्ड लग गर्ने योजनामा नगरपालिका रहेको बताए ।

समाजका अध्यक्ष मुत्तिनाथ दाहालको अध्यक्षता तथा सचिव सरोजकुमार कार्कीको संचालनमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य दिदै मेची बहुमुखी क्याम्पस भद्रपुरका पुर्व क्याम्पस प्रमुख चिन्तामणी दाहालले कोरोना भाईरस बाट बच्न र बचाउन लगडाउनको पूर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नगरउपप्रमुख चन्द्रमाया श्रेष्ठ, वार्ड नं ७ का वार्ड अध्यक्ष विनोदप्रसाद पोखरेल, समाज झापा जिल्ला कमिटि संयोजक धनप्रसाद सिवाकोटी लगायतका समाजका सदस्यहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: