नृत्यमा रमाउँदै सुभास

  प्रकाशित मिति
९ माघ २०७२, शनिबार ०६:५३


NNNNN
हालै मात्र ‘लेट मि डान्स नेपाल’को उपाधि चुमेकी बुधबारेकी अञ्जली माझी र विद्यालय स्तरको नृत्य प्रतियोगितामा देशभरकै दोस्रो भएकी धाइजनकी मेरी लिम्बूलाई पनि उनैले नृत्य सिकाएका हुन् ।
…………….

विद्यालय उमेरदेखि नै नृत्यमा मरिहत्ते गर्ने झापा चारआलीका सुभाष लिम्बूले भविष्यमा सफल नृत्यकार बन्ने सपना बुनेका थिए । सहिद दशरथ उच्च माविमा अध्ययन गरेका उनी विद्यालयको राम्रो नृत्य गर्ने विद्यार्थीको सूचीमा पर्ने गरेका थिए । उनको रूची पढाइमा भन्दा पनि नृत्यतिर नै बढी जान्थ्यो । जसको प्रतिफल आज उनी झापाको सफल नृत्य निर्देशकको रूपमा स्थापित बन्न सफल भएका छन् ।

२०५४ सालदेखि नृत्य निर्देशकको काम गर्दै आएका उनी झापाका विभिन्न क्षेत्रमा गएर अनवरत रूपमा नृत्य सिकाउँदै आएका छन् । चारआलीको इलाम रोडमा युनिक कला केन्द्रको सञ्चालन गरेर दैनिक ६० जना भन्दा धेरै विद्यार्थीहरूलाई नृत्य सिकाउँदै आएका उनले ३ जना युवालाई रोजगारी समेत दिएका छन् ।

कलाकेन्द्रमा विद्यार्थीलाई विहान बेलुकाको समय मिलाएर सिकाउने गरेका छन् । नृत्य सिक्नेसँग थोरै रकम लिएर उनीहरूलाई नृत्यमा पोख्त बनाउँदै आएका उनले झापाका विभिन्न विद्यालयका समेत नृत्य सिकाउँदै आएका छन् । शास्त्रीय नृत्यमा पोख्त लिम्बू पछिल्लो समय नेपाली लोक मारूनीलाई प्राथकितामा राखेर नृत्य सिकाउने गरेका छन् । उनले सिकाएका २७ जना विद्यार्थी अहिले झापाका विभिन्न क्षेत्रमा नृत्य सिकाउने सफल शिक्षक भएका छन् ।

हालै मात्र ‘लेट मि डान्स नेपाल’को उपाधि चुमेकी बुधबारेकी अञ्जली माझी र विद्यालय स्तरको नृत्य प्रतियोगितामा देशभरकै दोस्रो भएकी धाइजनकी मेरी लिम्बूलाई पनि उनैले नृत्य सिकाएका हुन् ।

यसो त उनले सिकाएका झापाका विभिन्न विद्यालयका नृत्यहरू पनि धेरै ठाउँमा उत्कृष्ट बन्ने गरेका छन् । ‘नाचेर पनि बाँच्न सकिन्छ’, नृत्य प्रशिक्षक सुवास भन्छन्–‘छोरीलाई नाच्न पठायो भने बिग्रिन्छन् भन्ने पुरानो सोच छ । तर, कलाकारिता यस्तो क्षेत्र हो जहाँ लगनशिलताका साथ लाग्यो भने आफ्नो जीवन राम्रो तरिकाले चलाउन सकिन्छ ।’

त्यसो त उनी विचमा यो पेशा छोडेर विदेश पनि गए । चार वर्ष साउदीमा काम गरेका उनले यति दुःख गर्दा आफ्नै देशमा कमाउन सकिन्छ भन्ने सोचले स्वदेश फर्किए र आफ्नै पेशालाई अङ्गाले ।

विद्यालय पढ्दा उनलाई नृत्य निर्देशक बालकुमार कटुवालले ‘तिमी राम्रो नाच्न सक्छ्यौँ’ भनेर हौसला दिएको उनी कहिल्यै बिर्सदैनन् । ‘सायद आज यो अवस्थामा म हुँदैनथिए होला’, उनले भने–‘बालकुमार सरले सहि मार्गदर्शन नगरिदिएको भए ।’ उनले अभिभावकहरूलाई छोराछोरीको रूची अनुसार अगाडि बढ्ने मौका दिए सफलता पाइने बताए ।

उनी यहि पेशाबाट मासिक ३५ हजार कमाउने गरेको बताउँछन् । उनले आफ्नो कला केन्द्रमा नृत्य मात्र सिकाउने होइन, नृत्य गर्ने कलाकारको लागि विभिन्न जातजातिका कपडा, गरगहना, भेषभुषा तथा मेकअपका सम्पूर्ण सामानहरू राखेका छन् । जहाँ नृत्य हुन्छ त्यहाँ आफै पुगेर कपडा लगाइदिनेदेखि मेकअप सबै आफै गर्ने गरेका छन् ।

कुनै कलाकारलाई कपडा आवश्यक परेमा भाडामा दिने गरेको बताउँछन् । नृत्य गर्ने कलाकारको अर्डर अनुसारको कपडा आफैले बनाउने पनि गर्दै आएका छन् । विद्यार्थीको माग अनुसारको नृत्य सिकाउने उनी कुशल निर्णायक पनि हुन् । उनी नृत्यमा निर्णायकको भूमिका निर्वाह गर्न पनि उत्तिकै भ्याउने गरेका छन् ।
विभिन्न वृत्तचित्र समेत निर्माण गरेका सुभास म्युजिक भिडियो छायाङ्कन, निर्देशन तथा सम्पादन गर्न पनि उत्तिकै सिपालु छन् । ‘जमाना अनुसार चल्न सक्नु पर्छ’, लोकतन्त्र पोस्टसँगको कुराकानीमा उनले भने–‘सधै पुरानो शैलीमा नृत्य सिकाउने हो भने त्यसको कुनै अर्थ हुँदैन । समय अनुसार नृत्यमा नयाँपन ल्याउने गरेको छु ।’

जुनसुकै विद्यार्थीमा अनेकन प्रतिभा हुन्छ, तर त्यसको पहिचान गर्न नसकेकाले उनीहरू पछि पर्ने गरेकोे उनी बताउँछन् । बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गर्दै उनीहरूलाई सफल कलाकार बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: