नृत्यमा होलीबेलको ह्याट्रिक

  प्रकाशित मिति
७ पुष २०७४, शुक्रबार १०:२६


मेचीनगर । निजि तथा आवसीय विद्यालय अग्रनाइजेशन (प्याव्सन) झापा क्षेत्र नम्बर ३ ले दुई दिने नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

बाहुनडाँगी सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा होलिबेल अग्रेजी बोडिङ स्कुल धुलाबारीले नृत्यतर्फको ३ वटै विधामा प्रथम स्थान हासिल गरेको छ । जसमा आधुनिक, राष्ट्रिय तथा देशभक्ति नृत्य र लोक तथा सांस्कृतिक नृत्यतर्फ होलिबेलले प्रथम स्थान हासिल गरेको हो । ३ तहमा नृत्यका विधालाई बर्गिकरण गरिएको थियो । कक्षा १ देखि ४ सम्मलाई आधुनिक, ५ देखि ८ सम्मलाई राष्ट्रिय र ९ देखि १२ का विद्यार्थीलाई लोक नृत्यमा सहभागि गराइएको थियो ।

प्रतियोगिताको आधुनिकतर्फ सेन्टपल्स बोडिङ स्कुल चारआली दोस्रो, झापा नेश्लन अंग्रेजी स्कुल इटाभट्टा तेस्रो र थेसीस अंग्रेजी सेकेण्डरी स्कुल बडाखाल र नर्थ प्वाइन्ट काँकरभिट्टा सान्तवना भएका थिए ।

राष्ट्रियतर्फ हिमालयन एकाडेमी धुलावारी दोस्रो, नर्थ प्वाइन्ट सेकेण्डरी स्कुल काँकरभिट्टा तेस्रो र सान्तवना थेसीस अंग्रेजी सेकेण्डरी स्कुल भए ।

लोकतर्फ सरस्वती शिक्षा सदन धुलावारी दोस्रो, पारिजात पब्लिक स्कुल मेचीनगर ९ तेस्रो र नर्थ प्वाइन्ट स्कुल काँकरभिट्टा र सेन्टपल्स सान्तवना भए ।

प्र्रतियोगितामा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका नृत्य प्रस्तुत गरिएको थियो ।
यसैगरी गायनतर्फ सिनियरतर्फ कन्भेन्ट अंग्रेजी स्कुल धुलावारीका समिर विस्वकर्म प्रथम, तारापुञ्ज अंग्रेजी स्कुल काँकरभिट्टाका राजन रञ्जितकार दोस्रो, थेसीस अंग्रेजी स्कुल बडाखालका सवनम थापा तेस्रो र हिमालयन एकाडेमीका दिपन्द्र चम्लगाइ सान्तवना भए ।

जुनियरतर्फ हिमालयन एकाडेमी प्रथम, तारापुञ्ज दोस्रो, सेन्टपल्स तेस्रो र नर्थ प्वाइन्ट सान्तवना भए ।

सिनियरतर्फ १२ वर्ष भन्दा माथि र जुनियरतर्फ १२ वर्ष भन्दा तलका विद्यार्थीलाई सहभागि गराइएको थियो ।

प्याव्सन झापाको बार्षिक कार्यक्रम अनुसार भएको उक्त प्रतियोगितामा ३ नम्बर क्षेत्रका २७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

पहिलो दिनको राष्ट्रिय नृत्य प्रतियोगितामा क्षेत्रीय संयोजक डम्बर रुचालको सभापतित्व तथा प्वाव्सनका गौरीमान फागोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

दोस्रो दिन बाहुनडाँगीका स्रोत व्यक्ति दीपेन्द्र कन्दङवाको प्रमुख आतिथ्यता तथा संयोजक डम्बर रुचालको सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्याव्सनका पूर्व जिल्ला अध्यक्ष मिलनकुमार ढुङ्गाना, जिल्ला उपायक्ष एलपी उप्रेती, पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द लम्साल, केन्द्रीय सदस्य गुरुभक्त न्यौपाने, प्रदेश सदस्य युसुव पाण्डे, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

क्षेत्रीय सह संयोजक विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बद्री निरौला, केशर तिम्सिना र विनाद प्रधानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: