मेचीनगरमा तीज नृत्य प्रतियोगिता

  प्रकाशित मिति
१३ भाद्र २०७३, सोमबार १७:५२


1 2 3

मेचीनगर । नेपाल महिला सङ्घ मेचीनगर –५ले आयोजना गरेको तीज विशेष कार्यव्रmममा गरिएको नृत्य प्रतियोगितामा वडा नं. ३ विजयी भएको छ ।

विजयी टिमलाई सङ्घकी अध्यक्ष जानुका ओली र महासमिति सदस्य राम कट्टेलले पुरस्कार स्वरुप नगद रु २ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

चौतर्फी रुपमा तीज पर्वमा संस्कृति जर्गेना गर्ने निहुँमा विकृति फैलियो र भड्किलो भयो भन्ने आरोपलाई चिर्दै नेपाल महिला सङ्घले तीज गीतमा नृत्य प्रतियोगिता गरेको थियो ।

प्रतियोगितामा मेचीनगर क्षेत्रका ४ वडा कमिटीले सहभागिता जनाएको थिए । कार्यव्रmममा वडा नंं ५ दोस्रो, वडा नं. ४ तेस्रो , वडा नं. १ सान्तवना भएका थिए ।

उनीहरुलाई व्रmमशः १ हजार पाँच सय, १ हजार र पाँच सय रुपैयाँ र प्रमाण पत्र पुरस्कार स्वरुप प्रधान गरिएको थियो ।

संघकी अध्यक्ष जानुका ओलीको सभापतित्वमा सम्पन्न कार्यव्रmममा क्षेत्र नं. १ का पाँच सय बढी महिलाको सहभागिता रहेको थियो । कार्यव्रmममा नेपाली काङ्ग्रेसका जिल्लास्तर, क्षेत्रीयस्तर र नगरस्तरीय नेतृत्वको उपस्थिति रहेको थियो ।

नेपाल महिला सङ्घकी जिल्ला सभापति सुशीला ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यव्रmममा महिलाहरुले तीजको गीतमा सामूहिक नृत्य गर्नुका साथै सामूहिक दर खाएका थिए । भर्खरै ‘पति देव’ नामको तीजको गीति एल्वम बजारमा ल्याएकी गायिका कविता शिवाकोटीको विशेष प्रस्तुती रहेको थियो ।

महिला नेतृ मीरा पोखरेलले सञ्चालन गरेको कार्यव्रmममा चन्द्रकला खवासले अतिथि तथा सहभागीलाई मन्तव्यद्वारा स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: