नेकपाको झगडा, रुप र सारमा

  प्रकाशित मिति
३० असार २०७७, मंगलवार १४:४४


सामाजिक सञ्जालको कारण आजकाल मानिस चिन्न सजिलो भएको छ । मानिस अगाडि पर्दा बोल्न नसकेको कुरा एक्लै भएको बेला सामाजिक सञ्जालमा लेख्दा अलि धेरै पोखिँदो रहेछ भन्ने लाग्छ । राजनीतिकरुपमा सकृय भएका मानिसका बारेमा सामाजिक सञ्जालमा धेरै नै आलोचना, चर्चा, सुझाव, आरोप, समर्थन आदि हुने गरेको पाइन्छ । मैले नचिनेका मानिसका बारेमा मेरो भन्नु केही छैन । तर चिनेका, संगत गरेका, सँगै काम गरेका कतिपय मित्रहरुको सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया उदेकलाग्दो लाग्छ । आपूmले कति न जानेको, बुझेको, आपूmले भए केके न गर्थें जस्तो गरेर भित्तामा लेख्छन् । तिनले आपूmले मौका पाएका ठाउँमा के के गरे, कसरी गरे, कति गरे, कस्तो गरे सबै आँखा अगाडि छ । त्यो सबै देखेको जानेको मानिसलाई अलि सकसक हँुदो रहेछ । केही लेखी हाल्ने आँट पनि छैन । किनकि भेट्दा बोल्ने बाटै बन्द हुन बेर छैन ।

झण्डै ३०÷३२ वर्ष पहिलेदेखि चिनेको जानेको एकजना साथी छन् । अहिले काठमाडांै तिर बस्छन् । त्यस्तै अर्का छन् उनीसँग करिव २० वर्षदेखिको चिनजान हो । दुवैजना विद्यार्थी राजनीतिमा उति बेला निकै सक्रिय थिए । मैले राम्रै माया र आदर गरेका ती मित्रहरु पहिले पनि पार्टी भित्रको सिपी धारमा सक्रिए थिए । त्यो बेलादेखि नै जबजको खरो आलोचना गर्ने ती मित्रहरु केही समयदेखि फेरी नेकपामा रहेछन् । कति फन्को मारेर फेरी नेकपामा आइपुगे कुन्नि ? अहिले केपी ओलीको बिरोधमा सीमा नाघेरै लेख्छन् ।
अरु २÷४ विद्वान र बौद्धिक भनिने महानुभावहरु हुनुहुन्छ । वहाँहरु जहाँजहाँ जिम्वेवारीमा बस्नुभयो, लगाएको काम गर्नुभयो । कतै राम्रो नतिजा निस्किएको थाहा छैन । सधै भाँडभैलो, सधैको भत्कोस । सधै झगडा गरेरै धेरै समय विताउनुभयो । वहाँहरुको मुख्य विशेषता भनेको आपूm बाहेक सबै बेठिक भन्ने हो । वहाँहरु धुरीमा बसेका ठाउँ रसातलमा नपुगेसम्म छाडनु भएन । रस चुसेर मात्र होइन भाँडो घोप्ट्यायरै हिँडनुभयो । अहिले केपी ओलीका ठूला आलोचक भएका छन् ।

गाउँघर शहरबजारमा राजनीतिको खेती गरिखाने केही यस्ता पात्र छन् जसको पेशा राजनीति हो । राजनीतिमा सक्रिय भएका धेरै मानिसको (सबैको होइन) अवस्था कस्तो छ भने जति ठूलो राजनीतिक पद त्यति नै धेरै आम्दानीको बाटो । त्यसैका लागि राजनीतिमा सक्रिय छन् भन्दा अत्युक्ति हँुदैन । यिनको कर्मले यिनलाई कहिल्यै अगाडि जाने ठाउँ दिदैन । अगाडि नगई भएको छैन । त्यसैले यस्ता मानिसको काम अगाडि पुगेका जो कोहीलाई जुनसुकै तरिका प्रयोग गरेर पछाडि तान्नु र आपूmभन्दा पछि पार्नु हो । यति भए आपूm बसेकै ठाउँमा अगाडि । अगाडि जानका लागि योग्यता, क्षमता, विश्वास केही नभएकाले गर्ने यो उत्तम उपाय हो । अहिलेको चल्तीको मोडल भएकाले यो तरिका खुव बिकाउ छ । धेरैले यसै गर्छन् ।

अहिले देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शासन छ । बुर्जुवा भनिनेहरु अरुलाई नेता मान्न अलि चाडै तयार हुन्छन् तर कम्युनिष्टहरु हत्तपत्त अरुलाई नेता मान्न तयार हुदैनन् । राजनीतिक संस्कार भएका बुर्जुवाहरुमा बिरोधको स्वरुप बाहिर ज्यादा हुन्छ तर शत्रुतामा परिणत हँुदैन । त्यसैले बुर्जुवाहरु हत्तपत्त बिरोधीसँग मिलेर आफ्नै पार्टीका नेताका बिरुद्धमा खनिदैनन् । तर कम्युनिष्ट पार्टीमा बिरोधको रुप शत्रुतामा परिणत हुन धेरैबेर लाग्दैन । त्यसका लागि विचार, सिद्धान्त, कार्यशैली, विधि पद्धति आदि जे–जे नाम दिए पनि हुन्छ । जब शत्रुतामा झगडा परिणत हुन्छ तब व्यक्तिगत इगो नै प्रधान बन्ने गर्छ । देखाउन र भन्नलाई जे–जे भने पनि सारमा व्यक्तिगत इगो साध्ने, अरुलाई सिध्याउने, आरोप लगाउने, गद्दार घोषणा गर्ने एक प्रकारले चलन नै छ । यो काम एक्लै गर्न सकिदैन । त्यसैले झुण्ड बनाउने, गुट बनाउने, लोभीपापीलाई मिलाउदै जाने गर्ने गरिन्छ । यस्तो गर्नु हँुदैन, गर्नु बेठीक हो भन्नेहरु सधै पछि परिरहन्छन् । आदर्शका कुरा गरेर सत्ता र शक्तिमा पुगिदैन । सत्ता र शक्ति नभई राजनीतिमा हुनेवाला केही छैन । त्यसैले सबैले गर्ने त्यही हो । जुन आपूmले र आफ्ना प्रतिस्पर्धीले पनि गर्छन् । जसले यो गर्न सक्छ, गर्नु ठिक हो भन्ने ठान्छ उसैले गर्ने रहेछ राजनीति ।
नेकपाको केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालयसम्म पुगेर जिम्मेवार ठानिएका नेताको झगडा र चित्त दुखाईका विषय कुर्सीको साइज, कुर्सीको पोजिसन, हाजिरी खातामा कसको नाम माथि, कसको नाम तल, कसले कसलाई सोधेन, कसले खान पायो, कसले खान पाएन, कसले पद पायो, कसले पद पाएन, कसले चारवटा पद (सांसद, पार्टीको जिम्वेवारी, मन्त्री, अध्यक्ष) लियो, कसले तिनवटा मात्रै पायो आदि जस्ता विषयभन्दा माथि गएको छैन । भन्नलाई कालापानी, नालापानी, एमसीसी, विधि पद्धति, कोरोना, कागती पानी, बेसार पानी जे–जे कुरा गरे पनि तिमीले र तिम्राले खाए अब हामीले र हाम्राले खान पाउनु पर्छ नत्र भने देखाई दिन्छौं, भन्ने नै हो ।

नेकपामा समकक्षी र समकालीन नेताहरुको ठूलो जमात छ । आपूm पार्टीमा लाग्दा, आपूmले बुझ्दा सिनियर भएकालाई मान्न त्यति मुस्किल हँुदैन । तर, आपूmभन्दा जुनियरले आपूmलाई जितेको विशेषगरि कम्युनिष्ट पार्टीमा देखी नसहने पुरानै रोग हो । मदन भण्डारीलाई सिपी मैनाली र झलनाथ खनालले नेता मान्न नसक्नुको मुख्य कारण यही थियो । मदन भण्डारीको उदय हुनुभन्दा पहिला नै वहाँहरु पार्टी प्रमुख भइसक्नु भएको थियो । अहिले केपी ओलीभन्दा पहिले नै नेता भईसकेका माधव नेपाल, झलनाथ खनाल, अमृत कुमार बोहोरा लगायतको ठूलो जमातले ओलीलाई नेता मान्न सकस भएको छ । बामदेव गौतमको सपना एक पटक प्रधानमन्त्रीमा नाम लेखाउने हो । त्यो जसले पुरा गर्न सघाउछ त्यतै लाग्ने हो । एक्लै प्रधानमन्त्री हुदैनन् अरुले बनाउने होइनन् । यति कुरा नबुझी उनको समय वितेकै हो ।

प्रचण्डले विधि पद्धतिको कुरा गर्ने सारथी पाएका छन् । उनको पार्टी ४ हजार जतिको केन्द्रीय कमिटीको बैठक एकै पटक नबसी पार्टी बिघटन भएको थियो । बाबुराम भट्टराई, मोहन बैध्य लगायत आफ्ना आलोचक सबैलाई भित्तामा पु¥याएर थानको लाएका प्रचण्ड नेकपामा किन चुप लागेर बस्थे र ? महाधिवेशसनले चुनेर के हुन्छ, संसदीय दलले छानेर के हुन्छ ? केपी ओलीलाई नहटाई ठाउँ खाली हँुदैन । त्यसैले सबै मिलेर पहिला ठाउँ खाली गर्ने हो । त्यसपछि आ–फ्ना भागमा पार्न फेरी कोशिस गर्ने हो । २०७६ सालको साउनको पहिलो हप्तामै प्रचण्ड र माधव नेपालका बिचमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने लिखित सहमति भएको थियो भनेर कान्तिपुरले केही दिन अगाडि पृष्ट भागमै लेखेको थियो । जबकि प्रधानमन्त्री छानिए पछि २ वर्ष हटाउन पाइदैन र दुईवर्ष पुग्न फागुनसम्म कुर्नु पर्ने थियो ।

केही महिना पहिला पनि केपी ओलीलाई दुवै पदबाट हटाउने तयारी गरेका थिए । तर को प्रधानमन्त्री बन्ने र को पार्टी अध्यक्ष बन्ने भन्ने प्रष्ट थिएन । त्यसैले अघिल्लो पटक अलि कम जोड गरेको भान हुन्छ । यो पटक प्रष्ट गरेका छन् प्रचण्ड प्रधानमन्त्री बन्ने र माधव नेपाल पार्टीको कार्यकारी अध्यक्ष । झलनाथ खनाललाई आगामी दिनमा राष्ट्रपति । बामदेव गौतम, जसले सक्छ उसले बजाउने मादल भएकाले अहिले उनको बारेमा कोही बोल्दैनन् । नेताहरुको व्यक्तिगत टकराव, इगो, सफलता, असफलता, राम्रो, नराम्रो जे–जे भए पनि यदि यो सरकार फेर्ने हो भने पनि आगामि दिनमा बन्ने सरकार नेकपा कै हो र प्रधानमन्त्री र मन्त्रीहरुमा खासै नयाँ अनुहार आउने छैनन् । लोकतन्त्रमा नेताको विकल्प नेता नै हो, पार्टीको विकल्प पार्टी नै हो । अहिले नै धेरैले सडकबाट माग गरेजस्तो नयाँ पुस्ता र नयाँ अनुहार आउने अवस्था छैन । नेकपाले ५ वर्ष शासन चलाउने जनमत नेता केपी ओलीको नेतृत्वमा पाएको हो । तर यसलाई पार्टीको बहुमत (महाधिवेशनबाट) र संसदिय दलको बहुमत पु¥याएर परिवर्तन गर्न नसकिने होइन ।

समकालीन र समकक्षी प्रधानमन्त्री बन्न लायक नालायक जे जे भने पनि अहिलेको पुस्तामा केपी ओली बराबर अध्ययनशील, समस्या बुझ्ने गाम्बिर्यता र केही गरौं भन्ने हुटहुटी भएको नेता अरु छैनन् भन्ने हामी धेरै छौं । यद्यपि केपी ओली कुनै कमजोरी नै नभएको नेता भने होइनन् । उनका व्यक्तिगत स्वभाव जन्य कतिपय कुरा ठुलो ओहदामा पुग्दा त्यही रुपमा नभइदिए हुन्थ्यो भन्ने हामीलाई पनि लाग्छ । अहिले नेकपाको स्थाई समिति र सचिवालयमा बहुमत पु¥याएर प्रधानमन्त्री केपी ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाएर बालकोटको घरमा गएर आराम गर्नुहोस् भन्ने नेताहरुले खोजेको सारचार्ही के हो ? यो बारेमा देश जानकार छ । ३२ वर्षदेखि पार्टीको कुनै महाधिवेश, अधिवेशन नगरी अध्यक्ष भइरहन सफल प्रचण्ड नै अहिले प्रधानमन्त्री र ढिलोचाडो पार्टीको एकल अध्यक्ष बन्ने हुन् भने अबको नेकपा कस्तो होला ? केपी ओली त महाधिवेशनबाट निर्वाचित भएर पाँच वर्षका लागि अध्यक्ष भएका हुन् । महाधिवेशन नै नगरी उनलाई हटाउनाले कस्तो पद्धति विकास होला ? पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल १६ वर्ष पार्टी प्रमुख र चुनाव हारेर पनि प्रधानमन्त्री भएकै हुन् । उनी पार्टी प्रमुख भएको समयमा नेकपा (एमाले) कुन लिङ्गको हो ? भाले हो कि पोथी हो भन्ने थेगो सुन्ने गरिन्थ्यो । उनको निर्णय क्षमता देखिएकै हो । युनिटी लाइफ, होली वाइन, कोरोना कार्ड जस्ता विषयमा वहाँ कति सजिलै प्रभावित हुनुभयो भन्ने देखिएकै हो ।

पहिलो पंक्तिका नेताहरुभन्दा तलकाले नेतृत्व पाउने अवस्था अहिले छैन । पहिलो पंक्तिमा भएका नेताको हविगत देश, पार्टी, जनता, विकास, शुसासन, विधि, पद्धति केही होइन । आफ्नो कुर्सी, पद, पावर, पोजिसन, आफ्ना नजिकका लागि कमाईदिने उपयुक्त स्थानको खोजी, अकुत कमाएका र आफ्ना नियमित श्रोतको सुरक्षा मात्रै हो । यति कुरा बुझ्न कुनै पढेलेखेको र डाक्टर उपाधि लिएको हुनु पर्दैन । यस्तो लाग्न थालेको छ कि पार्टीमा नेता धेरै भए र व्यवस्थापन गर्न मुस्किल पर्न थालेको छ । नेता व्यवस्थापनको विधि स्थापित हुन सकेन । मुख्य नेताहरु जब मेरो कुर्सी कस्तो हुनुपर्छ, कता राखिनु पर्छ, कता फर्किनु पर्छ, मेरो मानसम्मान किन गरिएन, मलाई खोई सोधेको ? जस्ता विषय छलफलका प्रधान मुद्दा बन्छन् । तब त्यहाँबाट के आषा गर्ने ? पार्टी मक्किन लागेकै हो ?
पार्टी भित्र देखिएका समस्या समाधानका लागि लामो समयदेखि टालटुले पद्धति, लेनदेखको पद्धति अपनाएको सबैले देखेका छौं । सायद अब यसरी हुदैन । तर पुराना पुस्ताका कुनै पनि नेता पार्टीमा जोखिम मोलेर ठुलै सुधार गर्ने आँट गर्दैनन् किनकि तिनका लागि अब केही गर्नेभन्दा भोग्ने लालसा मात्रै बाँकि छ । भएको पार्टीमा तिनले विगतमा गरेको योगदानको व्याज अब बाचुञ्जेल भोग्नुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्कन सक्ने छैनन् । पार्टीमा दोश्रो पुस्ताले हस्तक्षेप गर्ने र त्यागको संस्कृति विकास नगर्ने होभने धेरै कार्यकर्ता र जनताको सपना भत्किने दिन टाढा छैनन् ।
२०७७।०३।१६

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: