नेकपाको विवाद मिलाउने जिम्मा नयाँ आयुक्तलाई

  प्रकाशित मिति
२६ माघ २०७७, सोमबार ०७:३७


झापा, २६ माघ । निर्वाचन आयोगमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।

२१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथा दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् ।

गत शुक्रबार यो जिम्मेवारी पाएलगत्तै वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् ।

विवादसम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिकरुपमै लिने स्रोतको भनाइ छ । मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: