नेकपाको सचिवालय बैठक सोमबार

  प्रकाशित मिति
३२ श्रावण २०७७, आईतवार १५:३१


मेचीनगर । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यसअघि वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए ।

पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको तर्क थियो ।

साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाए पनि बैठक पछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए ।

त्यसयता नेकपाभित्रको विवाद थप चर्किँदै गएको छ । साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक आयोजना गरेका थिए ।

बैठकमा ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्य उपस्थित थिए ।

शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूको दाबी छ ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: