नेकपाको ५ गते स्थायी र १० गते केन्द्रीय समितिको बैठक

  प्रकाशित मिति
१ पुष २०७७, बुधबार १८:०५


झापा, १ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीभित्रको तनावका बीच सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।

बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार आज बसेको दुई अध्यक्षको बैठकमा अध्यादेश फिर्ता लिने र हस्ताक्षरसहितको निवेदनसमेत फिर्ता लगायतका विषयमा सहमति जुटेपछि मात्रै ओली बैठकमा सहभागी भएका थिए ।

उनले बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्बाट कुनै निर्णय नभएको प्रष्टोक्तिसमेत दिएका थिए ।

(सेतोपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: