नेकपाले गर्यो श्रमिकलाई सम्मान

  प्रकाशित मिति
१८ बैशाख २०७६, बुधबार २१:२६


धुलावारी । श्रमिक दिवसको अवसर पारेर नेकपा कम्युनिस्ट पार्टी (नेकपा) मेचीनगरको वडा नं. १० कमिटीले स्थानीय पाँच जना श्रमिकलाई सम्मान गरेको छ ।

पार्टीको माथ्लो कुनै कमिटिले श्रमिक दिवसको उपलक्ष्यमा कार्यक्रम गर्न कुनै सर्कुलर नपाए पनि आन्तरिक सल्लाहमा दिवस मनाउँदै मजदुरहरुलाई सम्मान गरिएको वडाका नेकपा अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।

पार्टी कार्यालयमा बुधवार आयोजित कार्यक्रममा श्रमिकहरु हरि भट्टराई, सोमनाथ रिजाल, बम बहादुर इङ्नाम, तारा इङ्नाम र भीमबहादुर थापालाई कदरपत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई नगद समेत दिइएको थियो ।

नेकपा मेचीनगरका सदस्य तथा मेचीनगर नगरपालिका कार्यपालिका सदस्य कृष्ण कनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नगर सदस्य वीपी भट्टराई, पत्रकार मोहन काजी, निरोज कट्टेल र हरि भट्टराईले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष प्रकाश खड्काले र सञ्चालन सचिव साङ्गे शेर्पाले गरेका थिए । कार्यक्रममा पार्टीका नगर सदस्य अनिल पौडेल, इन्द्र बाँस्कोटा, जानुका थापा लगायत दर्जनौंको उपस्थिति रहेको थियो ।
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: