नेकपाले दियो धारासहितको ड्रम

  प्रकाशित मिति
१६ चैत्र २०७६, आईतवार १४:२३


उमनाथ भण्डारी
कमल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नम्वर वडा कमिटी चुलाचुलीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न अत्यआवश्यक सामाग्री प्रदान गरेको छ ।

धारासहितको ड्रम १४ वटा, डिटोल साबुन २० वटा, माक्स ३० वटा, ग्लोव ३० वटा तथा १ हजार १ सय नगद रुपैयाँ वडा कमिटी चुलाचुलीले विपद् व्यवस्थापन समितिलाई प्रदान गरेको हो ।

चुलाचुली गाउँपालिकाको परिषरमा विपद् व्यवस्थापन समितिका संरक्षक प्रदिपचन्द्र राई, संयोजक पुर्णकुमार लावती, स्वास्थ्य शाखा प्रमुख दृष्यान्त दाहाल लगायतलाई उक्त सामाग्री प्रदान गरिएको नेकपा चुलाचुली वडा नम्वर १ संयोजक पृथ्विराज राईले जानकारी दिए ।

विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सरकार लागिरहेको छ ।

यस्तो बेलामा सरकारलाई सहयोग गर्नु तपाई हामी सबैको कर्तव्य हो भन्ने ठानेर उक्त सामाग्रीहरु प्रदान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: