नेकपाले बल्ल पायो आधिकारिता

  प्रकाशित मिति
९ कार्तिक २०७५, शुक्रबार २१:३४


काठमाडौँ, ९ कात्तिक (रासस) ः निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई आधिकारिता प्रदान गरेको छ ।

आयोगको आज बसेको इजलाशबाट नामसम्बन्धी विवादको फैसला गर्दै सो निर्णय गरेको हो ।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानूनअनुसार आयोगमा दर्ता रहेका दल दर्ता हुन पर्ने छैन र त्यस्ता दल सोही ऐनबमोजिम दर्ता भएको मानिने कानूनी प्रावधान रहेको उल्लेख गर्दै कानूनबमोजिम दर्ता भएका दलको पुनः दर्ता हुनुनपर्ने आयोगले स्पष्ट पारेको छ ।

आयोगमा दर्ता भएको मूल नाम नेपाल कम्युनिष्ट पार्टी मूल नाम भई अन्य पहिचान खुलाएका सात वटै दल कानूनअनुसार नै रहेको आयोगको ठहर छ । आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) नामक दल नयाँ दर्ता भएको दल नभएको र ऐनअनुसार कानूनबमोजिम एकीकरण भएका हुन् ।

आयोगले पूर्ववत् एमाले र माओवादी केन्द्रले एकीकरण गरी गत जेठ २३ गते नै जानकारी गराएको समेत उल्लेख छ । ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा १० बमोजिम कानूनसम्मत् नै रहेको तथा नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अलगअलग नामका दल भएको जनाएको छ ।

आयोगले ऋषि कट्टेलका तर्फबाट दर्ता भएको आवेदन खारेज गरेको छ । कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दो नाम राखेको भन्दै आयोगमा आवेदन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: