झापाका नौ तहमा एमालेको उम्मेद्वार चयन

  प्रकाशित मिति
१० जेष्ठ २०७४, बुधबार १३:३०


झापा । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारहरु चयन गरेको छ ।

सुनसरीको इटहरीमा बसेको नेकपा एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको झापामा ६ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको उम्मेद्वार चयन गरेको नेकपा एमाले जनाएको छ ।

दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवन श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, बुद्धशान्ति नगरपालिको प्रमुखमा चिन्तन पाठक र उपप्रमुखमा मिरा भूर्तेल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना, उपप्रमुखमा कमला आचार्य, कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले उपप्रमुखमा वेणु शिवाकोटी, गौरादहको प्रमुखमा मदन अधिकारीलाई चयन गरिएको जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताए ।

त्यसैगरी, केचनाकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाल, झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली (लिम्बू) र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकी र बाह्रदशी गाउँ पालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई चयन गरिएको प्रचार विभाग प्रमुख विद्रोहीले बताए ।

विद्रोहीका अनुसार नेकपा एमाले एक नम्बर प्रदेश कमिटीले झापाको मेचीनगर, विर्तामोड, कन्काई, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज तथा हल्दिवारी गाउँपालिकाको उमेदवार भने केही दिनपछि मात्र टुङ्गो लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: