नेकपा एमालेले गर्यो विर्तामोड नगरका उम्मेद्वार घोषणा

  प्रकाशित मिति
२६ जेष्ठ २०७४, शुक्रबार १८:०२


Uml-birtamod

झापा । नेकपा एमाले बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखसहित सबै वडाको उम्मेद्वार आज सार्वजनिक गरिएको छ ।

झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा आज एक कार्यक्रमको बीच मेयरको उम्मेद्वार धुव्रकुमार शिवाकोटी र उपमेयरकी उम्मेद्वार पवित्रा महतारासहित १० वटै वडाका उम्मेद्वार घोषणा गरिएको हो ।

एमालेले बिर्तामोड वडा नं. १ मा अग्नीप्रसाद पाण्डे, वडा नं. २ मा नगेन्द्र प्रसाद संग्रौला, वडा नं. ३ मा अमृत बहादुर बुढाथोकी, वडा नं. ४ मा नन्दलाल खरेल, वडा नं. ५ मा राजेन्द्र प्रसाद लिङ्गदेन, वडा नं. ६ मा गणेश कुमार कन्दङवा, वडा नं. ७ मा टिकाराम खरेल, वडा नं. ८ शेखर कँडेल, वडा नं. ९ पबित्रा पाठक र वडा नं. १० मा राजेन्द्र कडरियालाई वडा अध्यक्ष पद उम्मेद्वारका रुपमा घोषणा गरिएको छ ।

कार्यक्रममा मेयरका उम्मेद्वार धुव्र शिवाकोटीले विर्तामोड नगरलाई जिल्लाकै नमूना सहर बनाउका लागि आफ्नो उम्मेद्वारी रहेको बताए ।
नेकपा एमाले बिर्तामोड नगर चुनाव परिचालन समिति संयोजक पवित्रा खरेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: