नेकपा फुट्न नसक्ने निर्वाचन आयोगको निर्णय : अध्यक्ष ओली र प्रचण्ड नै

  प्रकाशित मिति
१२ माघ २०७७, सोमबार ०९:१३


झापा, १२ माघ । एक महिना अगाडिदेखि चलिरहेको नेकपाभित्रको विवाद र विभाजनको तयारीलाई निर्वाचन आयोगको निर्णयले रोकेको छ ।

दल दर्तासम्बन्धी ऐनले ४० प्रतिशत हिस्सा लिएर एकीकरण भएको दल पाँच वर्ष नपुगेसम्म विभाजन हुन नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै नेकपाको अन्तरिम विधानले पनि सबै निर्णय दुवै अध्यक्षको सहमति हुने व्यवस्था गरेको छ । यही व्यवस्थाको कारण दलको विवरण दुवै अध्यक्षको सहमतिमा जानु पथ्र्यो । तर दुवै अध्यक्षले एक्लाएक्लै पठाएकाले निर्वाचन आयोगले मान्यता नदिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

आयोगको यो निर्णयले आधिकारिकताको मान्यता दिएन । आयोगको निर्णयले प्रचण्ड समूहले केपी ओलीलाई गरेको कारबाही, महासचिव विष्णु पौडेललाई जिम्मेवारीबाट हटाएको र माधव नेपाललाई अध्यक्ष बनाएको निर्णयलाई मान्यता दिएन ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले थप गरेको केन्द्रीय सदस्य र प्रवक्ता नारायणकाजी श्रेष्ठको जिम्मेवारी खोस्ने निर्णयसमेत मान्यता नापाउने अवस्थामा पुगेको छ ।

आयोगको निर्णयप्रति नेकपाका स्थायी समिति सदस्य देव गुरूङले आयोगले निर्णय नदिएर असक्षमता सावित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘बहुमत केन्द्रीय सदस्य भएकाले मान्यता हामीले पाउनु पर्दथ्यो । आयोगले निर्णय नदिएर असक्षमता सावित ग¥यो । अब बैठक बोलाएर निर्णय लिन्छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: