नेकपा मेचीनगरको कार्यशैली देखेर उसकै युवा सङ्गठन असन्तुष्ट

  प्रकाशित मिति
१५ माघ २०७६, बुधबार १८:१३


मेचीनगर । नेकपा सम्बद्ध राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियू मेचीनगर कमिटीले नेकपाको बहुमत सदस्य रहेको मेचीनगर नगरपालिकाबाट जनपक्षीय निर्णय आउन नसकेको

टिप्पणी गरेको छ ।

दुवै सङ्गठनले डेढ महिना अघि बैठक बसेर मेचीनगरपालिकाले पारित गरेको नदीजन्य सामाग्रीको मूल्यवृद्धिलगायत कर वृद्धिले आम नगरबासीको ढाडसेक्ने काम गरेको भन्दै आपत्ति जनाएको थियो ।

ती सङ्गठनले श्रमजीवि जनताले पसिना चुहाएर कमाएको सम्पत्तिमा अत्यधिक कर लगाएर समृद्ध नगरको परिकल्पना गर्नु अवैज्ञानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै जनताको पक्षमा करको मूल्य समायोजनको पहल गरिदिन नेकपा नगर कमिटीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

ती सङ्गठनको बैठक गत पुस ६ गते बसेको थियो । सो बैठकको निर्णय पुस ८ गते माउ पार्टी नेकपा मेचीनगर कमिटीका अध्यक्ष माधव अर्यालसमक्ष पेश गरिएको थियो । तर, पार्टीले उक्त मागमा आवश्यक पहलकदमी गर्न नसक्दा जनमानसमा शङ्का पैदा गरेको ठहर छ ।

नगर कमिटीलाई बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘श्रमजीवि तथा गरिब जनताहरुको मतबाट नेकपाले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको अगुवाई गरिरहेको भएपनि मुल नेतृत्वबाट जनप्रिय कामहरु हुन नसक्दा सरकार सञ्चालनको दुई वर्षमै जनमानसबाट व्यापक असन्तुष्टि, आलोचना भोग्नु परेको छ ।’

ती सङ्गठनले उठाएका जायज मागहरुलाई सम्बोधन गरी सम्बन्धित निकायलाई घच्घचाउन अपिल गरेको छ । ध्यानाकर्षण पत्रमा अनेरास्ववियू मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमला, पूर्व वाइसीयल मेचीनगर कमिटी अध्यक्ष विनोद मण्डल र पूर्व युवा सङ्घ मेचीनगर अध्यक्ष सरोज मेहराले हस्ताक्षर गरेका छन् ।

मङ्गलवार मात्रै नेकपाबाहेक रानीतिक दलहरुले मेचीनगर पालिकामा २१ बुँदे ज्ञापन पत्र बुझाएका थिए । नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी र राप्रपाले जनअपेक्षा अनुरुप काम हुन नसकेको भन्दै नगरपालिकालाई दबाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: