नेकपा–राप्रपासँग भिड्दै लोकतान्त्रिक प्यानल

  प्रकाशित मिति
६ फाल्गुन २०७७, बिहीबार ०८:२४


।। बिजय बराल ।।

विर्तामोड, ६ फागुन । झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको उद्योग वाणिज्य संघको आसन्न चुनावमा नेपाली कांग्रेसको समर्थनप्राप्त एकल प्यानलले उम्मेद्वारहरु घोषणा गरेको छ ।

फागुन १६ गते विर्तामोडमा चुनाव हुँदैछ । बुधवार सो प्यानलबाट प्रकाश शिवाकोटी अध्यक्षको उम्मेद्वार घोषित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे, जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाई उम्मेद्वार बनेका छन् ।

महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल, खुल्ला सदस्यमा विशाल थापा, सनी गोयल, विकास बस्नेत, दिपक अग्रवाल, मनोज रौनियार, पुकार बराल र बलराम सिटौला (राम)को उम्मेद्वारी घोषणा गरिएको छ ।

बुधवार भएको उम्मेद्वार घोषणा कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्व उपसभापति देउमान थेबेलगायतले उम्मेद्वारहरुलाई विजयको शुभकामना दिएका थिए ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्यानलका तर्फबाट २७ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

सो चुनावमा राजनीतिक रुपमा नेपाली कांग्रेस एक्लै मैदानमा होमिएको छ । उता प्रतिष्पर्धीको रुपमा नेकपा विभाजित नभइकन राप्रपालाई समेत गठबन्धनमा सामेल भएर उत्रिएको छ ।

नेकपा–राप्रपा प्यानलबाट अध्यक्षमा सुभाष भट्टराई उम्मेद्वार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: