नेकपा र काँग्रेसका नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश

  प्रकाशित मिति
११ मंसिर २०७७, बिहीबार १९:३४


झापा, ११ मंसिर । विभन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरु झापामा दिन प्रतिदिन बढिरहेका छन् ।

ठुला राजनीतिक दलहरु आन्तरिक किचलोमा लिप्त भएपछि ती पार्टीका कार्यकर्तामा वितृष्णा जाग्नुको साथै अन्य पार्टीमा प्रवेश गर्नेको लहर पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।

बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा तत्कालीन नेकपा माआवादीका झापा–इलाम सेक्रेटरी विक्रम अधिकारी व्रम्हाण्ड, याम पाठक, मेघराज अधिकारी र केदार अधिकारी राप्रपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका मुख्य अतिथी पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

त्यसैगरी कचनकवल गाँउपालिका–३ र ७ मा आयोजित अलग–अलग कार्यक्रममा नपाली काँग्रेसका होमनाथ ढकालसहित १६ जना र नेकपाका दिनेश शिवाकोटी सहित २५ जना राप्रपामा प्रवेश गरेका छन् ।

त्यस्तै भद्रपुर नगरपालिका–१ र २ का डेढदर्जन युवाहरु आकाश कन्दङ्वाको नेतृत्वमा स्वतस्फूर्त रुपमा राप्रपामा प्रवेश गरेको राप्रपा भद्रपुर नगरकी अध्यक्ष राधा कार्कीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: