नेकपा विवादको अन्तर्य : मेरो बुझाइमा

  प्रकाशित मिति
२ माघ २०७७, शुक्रबार १७:४७


देशको सबैभन्दा ठुलो र सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएको छ । यो पार्टी भित्रको कलह पार्टीमा मात्रै सीमित रहेन । यसले देशलाई नै तरङ्गित गराएको छ । सुविधाजनक बहुमतमा रहेका प्रधानमन्त्री केपी ओलीले करिव १८ महिना अगावै चुनावमा जाने गरी २०७७ साल पुस ५ गते संसदको विघटन र २०७८ बैसाखमा नयाँ चुनावको घोषणा गरे । यसो गर्नु हँुदैनथ्यो, यो गलत भयो भन्ने र यो प्रधानमन्त्रीको अधिकार र बाध्यताको उपज हो, अब पैmसला जनताले गर्नेछन् भन्ने तर्क गरिदैछ । संसद पुनस्र्थापना हुन्छ, हुँदैन । चुनाव हुन्छ, हुँदैन । नेकपामा कुन समुह आधिकारिक ? यो विषयले राजनीतिमा चासो राख्ने सबैलाई अहिलेको कठाङ्ग्रिने जाडोमा तताएको छ ।

यति सुविधाजनक बहुमतमा रहेको सरकारले संसद विघटन नगरेको भए यसको असर पार्टी बाहिर उतिधेरै पर्ने थिएन । तर, सरकारमा ठुलै फेरबदल हुने तयारी भएको सबैले महसुस गरेकै हो । संसद विघटन हँुदैछ भन्ने छनक पार्टीका ‘ठुला’ नेताहरुलाई त के केपी ओलीका एकदमै निकट सहयोगीहरुलाई पनि थाहा थिएन भन्ने लाग्छ । प्रधानमन्त्रीले प्रचण्ड निवासमा आपैm पुगेर अन्तिम पटक गरेको अनुरोध ‘आरोपपत्र फिर्ता लिन र पार्टीमा मिलेर, मिलाएर जान गरेको आग्रह’ प्रचण्डले ठाडै अस्वीकार गरेपछि केपी ओलीका अगाडि दुईवटा मात्रै विकल्प थिए । त्यसमध्ये एक रोज्नु उनको बाध्यता हो ।

विकल्प एक ः सरकार र पार्टीको नेतृत्व प्रचण्डलाई सुम्पनु, पार्टीका बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले गरेको कार्वाही (सम्भवत केपी ओलीलाई पार्टीको सबै जिम्मेवारीबाट हटाउने, संसदीय दलको नेताबाट हटाउने, प्रधानमन्त्रीबाट हटाउने, प्रचण्डले पेश गरेको अभियोग पत्र अनुसार गद्दार घोषणा गरेर थप कार्वाही समेत) लुरुलरु मान्ने र बालकोट फर्कने काम गर्नु पर्ने थियो ।

विकल्प दुई ः अहिले जे भएको छ त्यही अर्थात संसद विघटन, नयाँ जनादेशको तयारी, पार्टीका वरिष्ठ भनिने नेताहरुको रोडम्याप असफल पार्ने गरी अलि कठोर कदम चाल्ने ।

पार्टीका उपल्लो तहमा रहेका नेताहरु मध्ये प्रचण्डले केपी ओलीलाई नेता मान्न कुनै अप्ठ्यारो मानेका थिए जस्तो लाग्दैन । केपी ओलीलाई नेता मान्न स्वीकार गरेरै उनले पार्टी एकता गरेका हुन् । पार्टी एकता गर्दा प्रचण्डका तीन मुख्य एजेण्डा थिए । तत्कालीन नेकपा माओवादीको अस्तित्वको संकट जोगाउने, आपूm र आपूm निकटका मानिसलाई राज्यबाट हुने कानुनी कार्वाहीबाट बचाउने र शक्ति केन्द्रमा आपूmलाई स्थापित गर्ने । त्यसैको लागि उनले आलोपालोको प्रधानमन्त्रीको शर्त राखे । त्योभन्दा अगाडि नै सरकारमा पुग्न चुनाव पछि कतै काँग्रेससँग मिलेर नै सरकार बनाउन सकिन्छ कि भनेर प्रयास गरे, शक्ति केन्द्रहरुलाई रिझाउन हदैसम्मको प्रयास गरे । तर कम्युनिष्ट जनभावना दुई कम्युनिष्ट पार्टी एक हुन् भन्ने चाहना थियो अरु उपाए नदेखे पछि पार्टी एकताको शुरुवात गरे ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी ओलीले बाटो खुल्ला गरेको भए प्रचण्डको व्याख्यामा केपी ओली महान् र युगान्तकारी नेता हुने थिए । तर, प्रचण्डले प्रधानमन्त्री भएर गरेका काममा नेता ओलीले समर्थन गर्दै जानुपर्ने थियो । यस्तो ओलीका लागि सम्भव थिएन र त्यो जनचाहना होइन भन्ने ओलीले नबुझ्ने कुरै भएन । प्रचण्डले यो बीचमा जे–जे गरे त्यो सबै आपूm प्रधानमन्त्री बन्नका लागि गरेका थिए । तत्कालीन नेकपा माओवादीको अस्तित्व रक्षा अर्थात सेफ लेन्डिङ भएकै थियो । राज्यबाट हुने कानुनी कार्वाहीलाई पन्छाएकै थिए । अर्को ध्येय मुलुकको कार्यकारी प्रमुख बन्ने र त्यसबाट हुने फाइदा लिने प्रयास प्रचण्डको चरित्र, चिन्तन, स्वभाव, महत्वकांक्षा आदिका आधारमा ठिकै थियो । तर, यो सबै उनले एक्लैले गर्न सक्दैनथे । पहिला उनले केपी ओलीलाई नै फकाएर, थर्काएर, फुस्ल्याएर यो काम पुरा गर्न प्रयास गरे । यो बाटोबाट सफल नभएपछि उनले पार्टी भित्र केपी ओलीलाई नेता स्वीकार्न नसकेका दुई वरिष्ठ माधव नेपाल र झलनाथ खनाललाई उपयोग गरे ।

शुरुदेखि नै केपी ओलीलाई बदनाम गर्न र हटाउन पार्टीका वरिष्ठहरु लागेकै थिए । तर, प्रचण्डको साथ नपाएकाले उनीहरु चुपचाप नै थिए । जब प्रचण्डलाई लाग्यो कि अब केपी ओलीले मलाई कार्यकारी पद (प्रधानमन्त्री) बनाउँदैनन् भन्ने लाग्यो तबदेखि नै वरिष्ठहरुको साथ प्रचण्डले खोजे । उनलाई यो साथ पाउन पनि समय लाग्यो । किनकि प्रचण्ड कसैका लागि पनि विश्वासिला रहेनन् । पहिलो एकतामा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने सहमति त भयो तर को प्रधानमन्त्री बन्ने भन्ने बारेमा मत नमिलेका कारण खासै जोडबल कसैले गरेनन् । जब प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्षबाट हटाएर माधव नेपाल अध्यक्ष बन्ने भन्ने सहमति बन्यो तब केपी ओलीलाई दुवै पदबाट हटाउने अभियानले तिब्रता पायो । अरु पदका भोकाहरुको खासै चर्चा गर्न आवश्यक नै छैन ।

केपी ओली नेतृत्वको सरकारको तीब्र आलोचना गरेर यो सरकार किन फेर्न खोजेका थिए ? यो बारेमा पार्टीका समकक्षी नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल किन हात धोएर लागेका हुन् ? हटाउन चाहनेहरुका लागि यसको राजनीतिक महत्व त छदैछ यसका अतिरिक्त संस्कार, संस्कृति, मनोवैज्ञानिक र आर्थिक पक्ष पनि बुझ्न प्रयास गर्नुपर्छ भन्ने लाग्छ । पार्टीको सचिवालयको बैठक पटकपटक बस्यो । यो देश दुनियालाई थाहा छ । दुई अध्यक्ष र वरिष्ठहरुसँगका भेट गनिसाध्य छैन । यस्ता भेट र बैठकमा के बारेमा छलफल हुन्थ्यो त्यो सबैलाई जगजाहेर नै छ ।

पार्टीको एकता पुरा गर्ने, महाधिवेशन गर्ने, सरकारका कामको समिक्षा गर्ने, जनताले भोगेका समस्याका बारेमा, महामारीका बारेमा, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने, समृद्धिका बाधकलाई कसरी हटाउने, विकासका ठुला अवरोधलाई कसरी कम गर्दै जाने, सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा गर्न कस्ता कार्यक्रम ल्याउने, देशमा लामो समयदेखि झाङ्गिदै गएका बेथितिहरुलाई कसरी अन्त्य गर्ने, प्रदेश सरकार र स्थानीय सरकारको मूल्याङ्कन गर्ने आदि जस्ता विषमा कहिल्यै छलफल भएन ।

छलफल केमा भयो भने मन्त्री कसलाई बनाउने, राजदुत कसको मान्छे हुने, राजनीतिक नियुक्तिमा आप्mनो पक्षको मानिस हुनै पर्छ जस्ता कुराले नै सबै समय सकिएको देखिन्छ । नेताहरुले सार्वजनिक मिडियामा आएर बोल्दा नै प्रधानमन्त्रीले एकलौटी गरे, हाम्रो कुराको सुनवाई भएन । हामीलाई सम्मान गरिएन, सहमति लागु गरिएन, अब उधारो सहमति मान्दैनौं आदि भनियो । यसको सिधा अर्थ भाग पुगेन, दिन्छु भनेको पनि दिएनन् भन्ने नै हो । यो किचलो बढ्दै जादा केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ठाउँबाट हटाउने गरि आरोपपत्र तयार गरेर बैठकमा पेश गरियो । यस्तो आरोप पत्रलाई दस्तावेजको जामा लगाएर पार्टीका कमिटीहरुमा बहुमतबाट पास गरेपछि केपी ओलीलाई गद्दार नै घोषणा गरेर किनारा लगाउन सकिने अनुमान गरेका थिए ।

माधव कुमार नेपाल र झलनाथ खनालको समस्या भनेको केपी ओलीलाई नेता मान्न नसक्नु हो । उनीहरु दुवैजना केपी ओलीभन्दा पहिला नै पार्टीको प्रमुख भएर पार्टीमा लामै समय शीर्ष स्थानमा बसेका र प्रधानमन्त्री समेत भएका नेता हुन् । आपूmभन्दा जुनियर मानिस आपूmभन्दा माथिको पदमा पुग्दा स्वीकार गर्न नसकेर सधै कुण्ठा बोकेर बस्नु परेको पीडा उहाँहरुसँग छ । विगतमा मदन भण्डारीलाई नेता मान्न सिपी मैनाली र झलनाथ खनालले नसक्नु यही कारण हो । यो नेतामा भएको सांस्कृतिक कुण्ठा र सामन्ती संस्कारको प्रभाव हो । उनीहरु दुवैजनाको पारिवारिक पृष्ठभूमि पनि सामन्त परिवारबाटै भएकाले यस्तो भएको हुन सक्छ । यस्तो कुण्ठा समाजका विभिन्न क्षेत्रमा देख्न पाइन्छ, जहाँ आपूmभन्दा आर्थिक, सामाजिक हिसावले जुनियर अर्थात आफ्नो मातहतको मानिस अगाडि बढेको मन नपराउने धेरै हुन्छन् । भनिन्छ ‘दुस्मन कमाउनु छ भने केही राम्रो गर्नुहोस्, प्रगति गर्नुहोस्’ ।

केपी ओलीभन्दा पहिला नै उच्च जिम्मेवारीमा पुगेकाहरु ओलीलाई ठेगान लाउन चाहन्छन्, झन् उनको ख्याति बढेको त सुन्नै सक्तैनन् । ओलीले राम्रो काम गरेको सहन सक्दैनन् । हुन त ओलीले यी दुई नेतालाई नजिकमा ल्याउन, खुसी पार्न, मन जित्न कोसिस गरेको देखिन्छ । होली वाइनका नेपालका प्रवर्तक माधन कुमार नेपालको प्रस्तावलाई लागु गर्न आलोचना सहेर भएपनि राज्यको शक्तिकै प्रयोग गरे । अर्का वरिष्ठ झलनाथ खनालको नाममा स्थापित सपेरा कम्पनीलाई राज्य कोषबाट मोटो रकम (७० करोड ?) दिए । तर, जति कोसिस गरे पनि ओली सफल भएनन् । यसमा ओलीका पनि कमजोरी होलान् । यी दुवै वरिष्ठ ओलीलाई कमजोर बनाउन लागि परेका छन् । उनीहरु दुवैजनाले केपी ओलीलाई ठेगान लाउन प्रचण्डको सहारा लिए । केपी ओलीलाई बदनाम गर्न विगतमा पनि सञ्चार माध्यमको खुव प्रयोग गरियो । कुनै समयमा मदन भण्डारीका हत्यारा केपी ओली हुन् भनेर टिएन प्रधान र रमेश प्रधानको नाममा धारावाहिक लेख लेखाएका थिए । सामान्य मानिसलाई सुरुसुरुमा होकी होकी जस्तो लागेको अवस्था थियो । तर, विस्तारै यसको पर्दाफास हँुदै गयो । अहिले पनि केही मिडियामा लगानि गरेरै हुनसक्छ केपी ओलीको नेतृत्वमा रहेको सरकारमा खुव आक्रमण गरिएको छ । यसबाट केही सामान्य मानिसलाई केही भ्रम पर्नु स्वभाविक हो । नेकपाकै शीर्ष नेताहरुबाट आप्mनै पार्टीको सरकारका विरुद्धमा यति धेरै कुप्रचार र अवरोध त्यो पनि नितान्त निजी स्वार्थका लागि सायद दुनियामा कमै हुन्छ । अहिले नेपालमा त्यही भएको छ ।

देशमा सरकार पहिले पनि धेरै बने, धेरै नेता प्रधानमन्त्री भए । तर, भारतका गलत हर्कतसँग आँखा जुधाएर कुरा गर्न सक्ने, आफ्नो राष्ट्रिय हितका कुरा प्रष्टसँग राख्न सक्ने, चीनसँग सम्झौता गरेर नेपाललाई भूपरिवेष्टितको नाममा भारत वेष्टितको अवस्थाबाट भूजडित मुलुकमा स्थापित गर्न सक्ने नेता ओली हुन् । संविधान जारी गर्नु हुँदैनभन्दा जारी गरेबापत नेपाललाई नाकाबन्दी गरेर पैसा तिरेको तेल, औषधि नदिने भारत हतारहतार पाइपलाइन बनाएर तेल पठाउन तयार भयो । यस्ता दर्जनौं उदाहरणीय काम प्रधानमन्त्री ओलीका पालामा भए । यसले ओलीको साख र लोकप्रियता बढेसँगै माधव नेपाल र झलनाथ खनाललाई झन्झन् असैह्य पीडा हँुदै गयो । यसैको बदला लिन प्रचण्डलाई अगाडि लगाएका हुन् । तर, यीनको सपना कहिल्यै पुरा हुने वाला छैन । किनकि यिनीहरुको नियत सफा छैन, देश विकासको कुनै एजेण्डा छैन । छ त केवल आपूm जसरी पनि पदमा पुग्ने, पदमा टाँसिइरहने र आफ्नो जुनी छउन्जेल अरु कसैलाई आपूmभन्दा माथि गएको, पुगेको देखिनसहने कुण्ठा छ । अब नेतालाई गालि गरेर मात्रै पुग्दैन, नेताको नियत र क्षमताको पहिचान हुन जरुरी छ । नेताका एजेण्डा र चाहनालाई सारमा बुझ्ने कोसिस गर्नुपर्छ । आफ्नो स्वार्थको एजेण्डा होइन देशको, जनताको एजेण्डा बोकेर हिँडेको नेतालाई सहयोग र समर्थनको खाँचो छ ।

मानिस बुझेर वा नबुझेर कतै अलमलिएको हुन सक्छन् । अलमलमा परेकालाई क्रमशः बुझाउन कोसिस गर्ने र त्यस्तो मानिसको उर्जालाई सही बाटोमा ल्याउने प्रयास गर्नुपर्छ । नकि चित्त नबुझ्ने वित्तिकै गालिगलोज र सत्तोसराप गर्ने शैली सबैले त्याग्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: