नेताहरुको दिल्ली उपचार लर्को : झलनाथ फर्केको केही दिनमै भट्टराई

  प्रकाशित मिति
९ फाल्गुन २०७७, आईतवार १४:२०


झापा ९ फागुन । जनता समाजबादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आज दिउँसो भारतको दिल्ली गएका छन् ।

नेपाल एयरलायन्सबाट दिल्ली गएका उनी एक साता दिल्लीमा बसेर उपचार गराउने उनको सचिवालयले जनाएको छ ।

पेट सम्बन्धी उपचारका लागि दिल्ली गएको र त्यहाँको इन्स्टिच्यूट अफ लिभर बिलिअरी साइन्सेसमा उनको उपचार हुने बताइएको छ ।

तर बीबीसी हिन्दी सेवाले लामो समय दिल्लीमा बसेका पूर्व प्रधानमन्त्री भट्टराईको दिल्ली बसाईलाई राजनीतिक अर्थमा महत्वपूर्ण हुने जनाएको छ ।

संसद् भंगपछि नेपालमा राजनीतिक संकट गहिरिदै गएको र आन्दोलनरत नेकपाले भारत, चीन र अन्य मुलुकसँग समर्थन गुहारेको सन्दर्भमा भट्टराईको दिल्ली बसाई अर्थपूर्ण हुने बीबीसीको विश्लेषण छ ।

संसद् भंग भएपछि भारतको भ्रमणमा जानेमा भट्टराई तेस्रो पूर्वप्रधानमन्त्री हुन् । यस अघि पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली पुगेर फर्किसकेका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि भारतको मुम्बई पुगेर फर्केका थिए ।

त्यसभन्दा अघि भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: