नेता सिटौलाद्धारा पुल शिलान्यास

  प्रकाशित मिति
२३ भाद्र २०७३, बिहीबार १५:३२


krishna-prasad-sitoula-sitaula-jpg

भद्रपुर, २३ भदौ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विकास निर्माणमा राजनीतिक दलहरुले साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए ।

जिल्ला विकास समिति, झापाद्वारा झापाको दक्षिणी क्षेत्र घेराबारी गाविसको वडा नं १ र ७ जोड्ने अदुवा खोलामा निर्माण गर्न लागिएको पक्की पुलको आज शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता सिटौलाले राजनीति अवसर प्रदान गर्ने क्षेत्र भएकाले यसमा राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरु सधैँ सजग रहनुपर्ने भन्दै आगामी चैत महिनाभित्रमा हुने स्थानीय निकायको निर्वाचनका लागि तयार रहन सबै पक्षलाई आग्रह गरे ।

उनले झापाको धेरै पुरानो चारआली र केचना सडक निर्माणमा अब ढिलाइ नहुने भन्दै विकास र एकताबाट नै समाजलाई समृद्ध बनाउने विचार व्यक्त गरे ।

निर्माण व्यवसायीले गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउँदै नेता सिटौलाले विकासका निम्ति आएको बजेटलाई उचित सदुपयोग गर्न आपसी एकताको खाँचो रहेको धारणाा राखेका थिए ।

स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय मोहन टुडु र अमृतलाल राजवंशी, प्रजिअ मदन भुजेल, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, राप्रपा नेपालका केन्द्रीय सदस्य देवीरमण भट्टराई, नेकपा (एमाले)का नवराज भट्टराई, प्रमुख इन्जिनियर सुशील श्रेष्ठले पनि बोलेका थिए ।

पश्चिममा घेराबारी, राजगढ, चकचकी, डाँगीबारी, कन्काई नगरपालिका र बिर्तामोड एवम् पूर्वमा पथरिया, केचना, बनियानी, पाठामारी, पृथ्वीनगर, महेशपुर हुँदै सदरमुकाम चन्द्रगढी जोड्ने सो पुलको लागत रु पाँच करोड ११ लाख रहेको छ ।

आगामी १८ महिनाभित्रमा निर्माणकार्य सक्ने गरी बिटी निर्माण सेवाले ठेक्का लिएको सो पुलको लम्बाइ ६२ मिटर र चौडाइ सात मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: