नेतृत्वमा जान चाहनेलाई नेकपाले परीक्षा लिनेछ ः मन्त्री पोखरेल

  प्रकाशित मिति
१६ कार्तिक २०७६, शनिबार ०७:१७


भद्रपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यकर्ता पंक्तिलाई सैद्धान्तिक र राजनीतिक रुपमा योग्य तुल्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्कुल विभागमार्फत परीक्षा प्रणाली विकास गर्ने सोच बनाएको बताएका छन् ।

नेकपा झापा स्कुल विभागद्वारा जनप्रतिनिधिका लागि आयोजित दुई दिवसीय प्रशिक्षणको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै पार्टी स्कुल विभागका प्रमुख समेत रहेका मन्त्री पोखरेलले स्थानीय, प्रदेश र संघीय कमिटीहरुमा आवद्ध हुन कार्यकर्ताहरुले परीक्षा उत्तीर्ण हुनै पर्ने व्यवस्था गरिने जानकारी दिए ।

उनले स्कुल विभागले बनाउने पाठ्यक्रमका आधारमा कार्यकर्ताहरुको परीक्षा लिइने र नेतृत्व तहमा जानका लागि परीक्षा उत्तीर्ण हुनु पर्ने धारणा व्यक्त गरे । कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सैद्धान्तिक र राजनीतिक रुपमा योग्य, जुझारु र सबल बनाउन यस्तो आवश्यक भएको उनको भनाई थियो ।

विर्तामोडमा विहीवार सुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रवार समापन भएको छ । जसमा नेकपाबाट जिल्लामा विजयी सबै तहका जनप्रतिनिधिको सहभागिता रहेको छ भने कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा लगायतका नेताहरुले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

यसअघि नेकपा एमालेले समेत एकपटक केन्द्रीय तहका नेताहरुलाई स्कुल विभागमार्फत परीक्षा लिएको थियो । नेकपाको गठनपश्चात कार्यकर्तालाई सैद्धान्तिक विषयमा पढाउने र परीक्षा लिने विषय पहिलोपटक मन्त्री पोखरेलले उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: