नेत्रहीनको कार्यक्रममा क्याम्पसको उपेक्षा

  प्रकाशित मिति
१५ असार २०७३, बुधबार २३:२५


netrahin-sang-267x200

विर्तामोड । नेत्रहीन सङ्घ झापाले आयोजना गरेको कार्यक्रमलाई विर्तामोडका क्याम्पसले उपेक्षा गरेका छन् । सङ्घले असार १३ गते सोमवार हेलन केलरको १३५ औँ स्मृति दिवसको अवसर पारेर क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । ‘दृष्टिविहीनका लागि उच्च शिक्षा अवसर र चुनौती’ विषयक प्रतियोगितामा सहभागिता जनाउन भन्दै विर्तामोडका प्रत्येक क्याम्पसबाट दुई जनाका दरले सहभागी मागिएको थियो ।

सङ्घले गोमेन्द्र क्याम्पस, कन्काई, देवी, पब्लिक, कोहेड, कञ्चनजङ्गा, निधी, बाल्मिकी, एमेटी लगायत १० वटा क्याम्पसलाई विद्यार्थी सहभागी गराइदिन पत्र पठाएको थियो । तर, एउटा पनि कलेजले विद्यार्थी नपठाएर कार्यवm्रमको अपमान गरेको सङ्घको बुझाई छ ।

‘निमन्त्रणा गरिएका सबै क्याम्पसले सहभागी पठाउने वचन दिएका थिए’, सङ्घका अध्यक्ष द्रोणाचार्य निरौलाले भने, ‘तर एउटै पनि क्याम्पसले सहभागिता जनाएनन् ।’ उनका अनुसार सहभागी भइदिने बारेको पत्र सङ्घका कर्मचारी टेकनारायण प्रसार्इंले प्रत्येक कलेजमा पुर्याएका थिए । कार्यव्रmम गोमेन्द्र क्याम्पसमा भएको थियो । तर त्यस क्याम्पसबाट पनि विद्यार्थी सहभागी भएनन् । क्याम्पस प्रमुख रुपक खनालले लोकतन्त्र पोस्ट दैनिकसँग भने, ‘नेपाली मिडियममा हुने भनेपछि हाम्रा विद्यार्थी सहभागी नभएका हुन् ।’ सङ्घले कार्यव्रmम हुनु तिनदिन अघिदेखि पत्र बाँडेको थियो । अध्यक्ष निरौलाले क्याम्पसले विद्यार्थी सहभागी नगराउँदा कार्यव्रmम खल्लो भएको बताए । वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १५ सय, दोस्रोलाई १२ सय र तेस्रोलाई १ हजारसहित प्रमाणपत्रको व्यवस्था गरिएको थियो । सङ्घले वृक्षारोपण कार्यव्रmम पनि त्यसैदिन राखेको थियो । तर त्यो कार्यव्रmम पनि प्रभावित भएको निरौलाले बताए । सङ्घले सामाजिक कार्य अन्तरगत प्रत्येक वर्ष वृक्षारोपण गर्ने योजना बनाए पनि यसपटक सफल भएन ।

११ बजेका लागि आमन्त्रण गरिएका सहभागी साढे १२बजेसम्म पनि नआएपछि सङ्घले अन्तरव्रिmयात्मक कार्यव्रmम आयोजना गरी दृष्टिविहीनलाई सेतो छडी र वेल पेपर वितरण गर्यो ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा आयोजित कार्यव्रmमका अधिकांश सहभागीले दृष्टिविहीनलाई हेर्ने समाजको संस्कार परिवर्तन भइनसकेको भन्दै शैक्षिक संस्थाहरुको आलोचना गरेका थिए ।

कार्यव्रmममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम अधिकारी, माओवादी केन्द्र विर्तामोडका अध्यक्ष अरुण श्रेष्ठ, राप्रपा नेपालका युवराज सिटौला, महिला विकास कार्यालयकी धना थापा, शिक्षासेवी गणेशप्रसाद खनाल, अन्तरपार्टी महिला सञ्जालकी पूर्व जिल्ला संयोजक सङ्गीता रौनियार, मुक्ति समाज झापाकी सचिव हर्कमाया विक, मातृभाग्य सहकारी संस्थाकी सदस्य नैनकला भट्टराई, स्पेशलिङ्क टेलिभिजनका निर्देशक कृष्ण खरेल, सामाजिक अगुवा कृष्ण थेवे लगायतले बोलेका थिए ।
कार्यव्रmममा अतिथिको रुपमा उपस्थित भइदिन सरकारी निकाय, सामाजिक सङ्घसंस्था तथा विभिन्न पार्टीका प्रतिनिधि गरी ७० जना भन्दा बढीलाई पत्र पठाइएको सङ्घले जनाएको छ । यद्यपि कार्यव्रmममा विर्तामोड नगरपालिकाबाट पनि प्रतिनिधि नआएकोमा निरौलाले गुनासो गरे । ‘हामीलाई दुःख लागेको छ,’ उनले भने, ‘कार्यव्रmमलाई वेवास्ता गरेको हो कि भन्ने हाम्रो बुझाइ हो ।’

२०५४ सालमा स्थापना भएको सङ्घले जिल्लामा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । सोही अन्तरगत वक्तृत्वकला तथा वृक्षारोपण कार्यव्रmम आयोजना गरिएको थियो । सङ्घले हाल दृष्टिविहीनलाई कम्प्युटर र सङ्गीत शिक्षा दिइरहेको छ । राज्यबाट खासै सहयोग नपाए पनि निरन्तर रुपमा सङ्घले सामाजिक कार्य अघि बढाइरहेको निरौलाले बताए ।
सङ्घमा १ सय १५ जना दृष्टिविहीन आवद्ध रहेका छन् । झापामा ५ सय ५० जना दृष्टिविहीन रहेको सङ्घको अनुमान छ । जिल्लामा १२ जना दृष्टिविहीन शिक्षक रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: