विर्तामोड । नेत्रहीन क्रिक्रेट खेलाडीहरुका लागि भद्रपुरको मङ्गल सेवा समितिले दाताबाट जुटाएर तीन थान ल्यापटप र जर्सी वितरण गरेको छ ।
समितिका अध्यक्ष गोपालदास खनालका अनुसार १३९ औं हेलेन केलर दिवसको उपलक्ष्यमा प्रदेश नं. १ का नेत्रहीन क्रिक्रेट खेलाडीहरुका लागि उक्त सामान प्रदान गरिएको हो ।
शुक्रवार विर्तामोडमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा विर्तामोड वडा नं. ३ का अध्यक्ष भोजराज सिटौला प्रमुख अतिथि र नेत्रहीन सङ्घका सल्लाहकार प्रेम सिटौला र खिलप्रसाद शिवाकोटी विशेष अतिथि रहेका थिए ।
बिर्तामोड नगरपालिकाले २ थान र समाजसेवी दिनबन्धु गोयलले एक थान ल्यापटप दिएका थिए भने १४ जना खेलाडीका लागि अरनिको सिमेन्ट उद्योग र मङ्गल सेवा समितिले जर्सी प्रदान गरेको हो ।
…………..