नेपालगञ्ज विमानस्थलमा जहाज चिप्लियो

  प्रकाशित मिति
१५ चैत्र २०७६, शनिबार १३:४२


झापा । कोरोना भाइरसको संक्रमणको आशंकामा स्वाब लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा चिप्लिएको छ ।

काठमाडौँबाट गएको नेपाल एयर लायन्सको वाई १२ ट्विनअट्टर जहाज नेपालगञ्ज विमानस्थलमा चिप्लिएको हो ।

क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौँबाट उडेको उक्त विमान नेपालगञ्जमा विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

‘नेपाल एयरलायन्सको विमान दुर्घटना भएको छ, थप विवरण पछि उपलब्ध गराउँला,’ अहिले उद्धारमा खटिएको बताउँदै ठाकुरले भने, ‘जहाजमा सवार सबैजना सकुशल छन् ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: