झापा । नेपालगन्जमा एकैदिन ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आइतबार दिएको जानकारी अनुसार संक्रमण देखिएका मध्ये ५ जना पुरुष र ४ जना महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।
त्यस्तै आइतबारै पर्साको वीरगन्जमा एक जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ । वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । ती मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ ।