नेपालमा कोरोना संक्रमित १ लाखबढी, ६ सयको मृत्यु

  प्रकाशित मिति
२३ आश्विन २०७७, शुक्रबार १८:४३


झापा, २३ असोज । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो ।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ११ लाख ४५ हजार जनाको पीसीआर परीक्षण भएको छ ।

(सेतोपाटी)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: