नेपालमा चीनको भन्दाबढी कोरोना संक्रमित

  प्रकाशित मिति
१८ आश्विन २०७७, आईतवार १९:०२


मेचीनगर, १८ असोज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । जुन चीनमा भन्दा १ हजार ३७३ जनाले बढी हो ।

आइतबार २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित संख्यामा नेपालले चीनलाई जितेको हो ।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार अहिलेसम्म मेनल्याण्ड चीनमा ८५ हजार ४५० संक्रमित फेला परेका छन् । शनिबार मेनल्याण्ड चीनमा १६ नयाँ संक्रमित थपिएका छन्, थपिएका सबै विदेशबाट आएका मानिसहरु हुन् ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार ६३४ छ । यद्यपि चीनले आफ्नो तथ्यांकमा कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई भने संक्रमितको संख्यामा गणना गर्दैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार भने चीनमा अहिलेसम्म ९१ हजार १२१ संक्रमित फेला परेका छन् भने चार हजार ७४६ जनाको मृत्यु भएको छ । डब्ल्यूएचओको तथ्यांकमा हङकङ, ताइवान, मकाउको तथ्यांक पनि चीनमा नै समावेश छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए ।

नेपालमा भने त्यसको करिब दुई महिनापछि २०७६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए । त्यसपछि दोस्रो संक्रमण चैत १० गते देखिएको थियो ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: