नेपालमा ड्रग्स सप्लाई गर्ने पानीटङ्कीका गङ्गु पक्राउ

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार १९:०५


मेचीनगर, २२ मङ्सिर । लागू औषध खैरो हिरोइन किनबेच गर्दागर्दै मेचीनगर–७ गैरीगाउँबाट आज दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विक्रेता भारतको पानीट्याङ्कीका ४२ बर्षीय गङ्गु सुब्बा र खरिदकर्ता बुद्धशान्ति–३ का ४७ बर्षीय दिलीपकुमार राजवंशी रहेका छन् ।

पक्राउ परेका गङ्गु नेपालमा ड्रग्स सप्लाई गर्ने कारोवारीका रुपमा चिनिन्छन् । आज उनी ड्रग्स दिएर पैसा लिन नेपालभित्रै घुसेका थिए ।

उनीहरुलाई १८ ग्राम लागुऔषध खैरो हेरोइन किनबेच गर्दै गर्दा २१ हजार भारुसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रहरी र भन्सार छलेर लागूऔषध र अन्य सामान तस्करी हुने एउटा पुरानो गौडा हो गैरीगाउँ । यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तस्करी रोक्न खटिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: