संक्रमित १९ वर्षीया महिला हुन्। उनी बेल्जियमबाट कतार हुँदै ४ चैतमा काठमाडौं आएकी थिइन्। उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका परीक्षणमध्ये एक जनामा संक्रमण देखिएको हो।अहिलेसम्म ८७५ जनाको परीक्षण सकिएकोमा नेापलमा योसँगै पाँच जनामा संक्रमण देखिएको छ। अहिले पनि ३२ जनाको नमूना परीक्षण भइरहेको छ। उनीहरूको अन्तिम रिपोर्ट आउन बाँकी नै छ।
टेकुस्थित अस्पतालमा अहिले १० जना व्यक्तिालई राखिएको छ। त्यसमध्ये ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने चार जनालाई आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
आइसोलेसनमा राखिएका चारमध्ये दुई जना कोभिड-१९ का बिरामी हुन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
मेचीनगर ।
(देखापढी अनलाइनबाट)