नेपालमा मृत्युदण्ड दिन मिल्दैनः मन्त्री तुम्बाहाङ्फे

  प्रकाशित मिति
२८ कार्तिक २०७७, शुक्रबार १३:४३


झापा, २८ कार्तिक । यौन हिंसा सम्बन्धी घटनालाई समाज भित्रै मेलमिलाप गर्ने प्रवृत्तिले हिंसा न्यूनीकरणमा बाधा पुगेको कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले बताएकी छिन् ।

यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसा सम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन् ।

खासगरी बलात्कार जन्य घटनाहरुमा समाज भित्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ । यौन हिंसा सम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नु हुँदैन भन्ने व्यवस्था ऐन कानूनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ ।

स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नु हुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरु न्यायिक समितिमा आउनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको उनले बताइन् ।

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नु हुँदैन भन्ने सन्देश सञ्चार माध्यमबाट दिन सके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।

कडा प्रकृतिका सजाय दिने व्यवस्था कानूनमा गर्दैमा घटना कम हुन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्ने उनले बताइन् ।

यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भएपनि संविधानमा भएको व्यवस्था अनुरुप नेपालमा कुनैपनि घटनामा मृत्युदण्ड दिने कानून निर्माण गर्न नमिल्ने स्पष्ट पारिन् ।

(देशसञ्चार)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: