नेपालमा सफ्ट पावरको महत्व र आवश्यकता

  प्रकाशित मिति
७ असार २०७८, सोमबार १०:१९



भूमण्डलीकरण,जनसञ्चार, वैदेशिक ब्यापार र पर्यटनले गर्दा सफ्ट पावरको अवधारणाले विश्वको विभिन्न देशको विदेश नीतिमा विशेष महत्वपूर्ण स्थान हासिल गरेको पाइन्छ । कुन देशले कुन देशसँग कस्तो प्रकारको सम्बन्ध राख्ने भन्ने कुरा त्यस देशको स्वार्थसँग प्रत्यक्ष गाँसिएको हुन्छ । राष्ट्रको स्वार्थ नै पहिलो प्राथामिकतामा हुने भएकोले अन्तर्राष्ट्रिय राजनीति भनेकै लेनदेनमा आधारित हुन्छ । स्वार्थपूर्तिका लागी अनेक मोलतोल र तौरतरिका अपनाईन्छ । ती तौरतरिका मध्य मुख्यत दुई शक्ति ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ अपनाएको पाइन्छ । तुलनात्मक हिसाबमा अहिलेको आधुनिक युगमा प्राचीनकालमा जस्तो हार्ड पावर अपनाएर युद्ध लड्ने खालको वातावरण नभएकोले सफ्ट पावरको महत्व धेरै नै बढेको महसुस हुन्छ ।

के हो त सफ्ट पावर ?
सफ्ट पावरको अवधारणा सर्वप्रथम प्रयोग अमेरिकाको प्रसिद्ध राजनीतिक विशेषज्ञ जोसेफ न्योले गरेका थिए । सफ्ट पावरको अर्थ सङ्घर्ष वा शक्तिको प्रयोग नगरी कसैको व्यवहारमा परिवर्तन ल्याउनु हो । जबकी हार्ड पावरमा सैन्य वा आर्थिक शक्ति प्रयोग गरि कसैको व्यवहार परिवर्तन गर्नु बुझिन्छ । सफ्ट पावरको अवधारणा शीतयुद्ध ( १९४५–१९९१ ) पश्चात अधिकतम बढेको थियो, जबकी हार्ड पावरको प्रयोग लामो समयदेखि चलिआएको थियो । हार्ड पावर मुख्यत हतियार र प्रतिबन्धमा निर्भर गर्छ, जब कि सफ्ट पावर सांस्कृतिक गतिविधि, सैद्धान्तिक धरातल, विदेश नीति र अध्यात्म तथा योग जस्ता अमूर्त चिजमा निर्भर गर्दछ ।

सफ्ट पावरको महत्व
१. सफ्ट पावरको नीति अन्तर्गत विभिन्न देश वीच सरसहयोग बढाउन सकिन्छ जसले गर्दा सम्बन्ध मजबुत भई विकासमा योगदान हुन्छ तर हार्ड पावर नीतिमा एक तर्फ कारवाही, सैन्य क्षमता बढाउने जुन कदमको कारण देशहरू बिच मनमुटाव सुरु हुने, जसको परिणतिस्वरुप आपूर्ति शृखलामै नकारात्मक असर परि अधिकतम महँगीको सामना गर्नु पर्छ भने राजनीतिमा अस्थिरता बढ्ने प्रबल सम्भावना हुन्छ ।
२. सफ्ट पावरमा ब्यापक अन्तर्राष्ट्रिय मुद्रालाई प्रभावित गर्न सक्ने क्षमता हुन्छ ।
३. सफ्ट पावरको नीति अन्तर्गत संस्कृतिका, धार्मिक वा राजनैतिक सिद्धान्तको आधारमा प्रभाव पारी संयुक्त राज्य संगठन माझ आफ्नो एजेन्डा प्रति बहुमत जुटाई निर्णय गराउन सकिन्छ ।
४. सफ्ट पावर व्यक्ति, समाज र राष्ट्रको भावना र पहिचान सँग गासिँएकोले सफ्ट पावर समृद्धि सँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ ।
५. हाल आणविक शक्ति सम्पन्न धेरै देश छन् तसर्थ हार्ड पावरले कुनै बेला ठुलो समस्या ल्याउन सक्ने भएकाले सफ्ट पावर नीति अपनाउनु उचित मानिन्छ ।

सफ्ट पावरको उदाहरणहरु ः
१. चिनको ‘बेल्ट एण्ड रोड’ पहल एक सफ्ट पावर प्रयोगको सबै भन्दा राम्रो उदाहरण मान्न सकिन्छ । जसको उद्देश्य चिनी बजार विश्वभरि विस्तार गरी चीनसँग सबै देशलाई आर्थिक रुपमा जोड्ने चिनलाई सुपर पावरको सपनालाई समर्थन गर्नु हो ।
२. इण्डियाले भ्याक्सिन डिप्लोमेसी अन्तर्गत करिब ६६ मिलियन डोज ९५ देश देशमा सप्लाई गरेको छ ।
३. हलीवुड र बलीवुड सिने जगतले त्यस देशको भाषा, संस्कृति, परमपरा, पोशाक, खानपान र पर्यटन क्षेत्रको प्रचारले संसारका मानिसलाई आकर्षक गरेको छ ।
४. रोमको भेटेकन सिटिले संसारभरका इसाई धर्मप्रति आस्था राख्ने क्रिस्चियन समुदायको भावनालाई प्रतिनिधित्व गर्छ । त्यस्तै गरि इजराइलको जेरुसेलममा क्रिस्चियन, यहुदी र इस्लाम प्रति आस्था राख्नेको भावनात्मक सम्बन्ध पहिचानसँग जोडिएको छ । साउदी अरबको मक्का मदिनाले विश्वभरको इस्लामिक आस्थालाई जीवित राखेको छ ।
५. विश्वभरका कम्युनिस्टहरुले पुज्ने कार्ल माक्स र फ्रेडरिक एंगेल्स जर्मनीका हुन् । रुसको डुमा र चिनको The national peopleÚs congressÚ  लगायत विश्वभरका कम्युनिस्ट पार्टीको आस्था सर्वहरा वर्गका मुक्तिदाताको रुपमा माक्स र फ्रेडरिक एंगेल्सलाई चित्रण गरिन्छ । कम्युनिस्टहरुको लागि जर्मनी पवित्र भूमि हो, यो जर्मनीको सफ्ट पावर हो ।

हालै २०२१ मा एक प्रसिद्ध ब्रान्ड फाइनान्सद्वारा विश्व सफ्ट पावर अनुक्रमणिका सार्वजनिक गरेको थियो । त्यस अनुक्रमणिकाको आधारमा सबै भन्दा बढी सफ्ट पावर भएको देश जर्मनी हो । चिन आठौ, भारत छत्तीस, पाकिस्तान त्रिसठी, श्रीलंका सत्तरी स्थानमा छन् भने नेपाल पन्चानब्बे स्थानमा सूचीकृत भएको छ । यो हामी नेपलीको लागि कति लज्जाको कुरो हो , अफ्रिकी मुलुकको भन्दा नि हाम्रो देशको दयानीय अन्तर्राष्ट्रिय छबी छ ।

नेपालको सफ्ट पावर बारे चर्चा
नेपालको सन्दर्भमा हाम्रो देशको सफ्ट पावर के होला भन्ने जिज्ञसा हुनु स्वभाविक हो । सबै आयमबाट हेर्दा पनि नेपाल अहिले गरिब हुनुमा मुख्य कारक भनेकै राजनीतिक असक्षम हो । यस्तै अस्थिरता, भ्रामित राजनीतिक बिकराल रुपमा अघि बढ्ने हो भने नेपालको भविष्य इतिहासको पानामा मात्रै सिमित हुने छ । एउटा उदाहरण पेश गरौँ अहिले ताइवनलाई पहिचान गर्ने पन्द्र देश मात्रै छन् जसको अन्तराष्ट्रिय जगतमा ठूलो छबी छैन । एक चीन नीति अन्तर्गत चीनले ताइवानलाई एक्लाउदै भविष्यमा ताइवान कब्जा गर्ने छ, त्यो बेला चीन अहिलेको अमेरिका हुने छ । ताइवानको पक्षमा समर्थन जुटाउने कमै राष्ट्र हुने छन् । भविष्यमा नेपालको अवस्था ताइवानको जस्तो दहनीय, साहारा बिना नहोला भन्न सकिन्न । एकछिनको लागि मानिदिउ यदि भारत र चीनले नेपाल माथि आक्रमण गरे तब हामी के गर्ने र्छौं ? हाम्रो सरकारले कस्तो रणनिति अपनाउने ? के हामी दुइ ठूला सक्तिशाली देशसँग लड्न सक्र्छौं ? यो कुनै कल्पना हैन किन कि आफू कम्जोर हुनु भनेको आफैले युद्ध निम्त्याउनु हो । थप हाम्रो भू–राजनीतिक अवस्था धेरै संवेदनशील छ र हाम्रो राजनीतिक ताण्डव छेमेकी द्रोह छ । हार्ड पावर अपनाएर नेपालले भारत न चीन दुवै सँग पराजित हुनेछ । यदि नेपालले भारत र चीनलाई जित्न सक्छ त दुइ ढुंगा बीचको तरुल नभई दुइ ढुंगा बीचको तागत हुन जरुरी छ र त्यो तागत सफ्ट पावर नै हो । सफ्ट पावर अन्तर्गत नेपालले पहिले आफ्नो समदुरीको विदेश नीति खारेज गरी छिमेकी मैत्री -neighbor first policy_ अपनाउनु पर्छ । किनकी हाम्रो स्वार्थ प्रत्यक्ष रुपमा भारत र चीनसँग गासिएको छ , नजिकको भुत र परको देउतामा नजिक कै भुत काम लाग्छ ।

आकाशका छिमेकीसँग समदुरीको नीति अप्नाउदा हुन्छ । छिमेकी मैत्री अन्तर्गत हामीलाई लिएर छिमेकीको चासो हामीले सम्बोधन गर्न जरुरि छ, जस्तै चीन घेर नीति अनुशार पश्चिमा र अमेरिकन नेपाली भूमि चीन बिरुद्ध प्रयोग गर्न चहान्छ । नेपाललाई लिएर चीनको ठुलो चासोको बिषय नै नेपाली भूमि चीन बिरुद्ध प्रयोग नहोस् र नेपालले सधै एक चीन नीति अपनाओस् भन्ने हो । त्यसै गरि भारतलाई पनि नेपालसँग सुरक्षा मामिलासँग सरोकार छ, अझ भारतसँग त हामी संस्कृतिकरुपमै जोडिएकाले, मुख्यतः कुनै पनि जनसांख्यिक संघर्ष नहोस् भन्ने हो, नेपाल भारतको शिर भएकोले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई उपयोग गरि भारतीय विरोधी भावना नेपालको दक्षिणी वेल्टबाट नहोस् भन्ने मुख्य चासोको बिषय हुन सक्दछ । यो हाम्रो छिमेक द्रोह नीतिको परिणाम यो भयो कि नेपाललाई वेवस्था गर्दै हाम्रा छिमेकिले अफ्रीकामा लगानी गरे तर हामीले त्यो लगानी भित्राउने वातावरण सिर्जना गर्न असमर्थ भयौँ ।

माथि नेपालको विदेश नीतिको बारे चर्चा भयो र नेपालको परिप्रेक्ष्यमा कुन नीति अपनाउँदा ठिक होला भने कुरा उल्लेख भयो । अबको सफ्ट पावर नीति अन्तर्गत नेपालको परम्परागत संस्कृतिका शक्तिको चर्चा गर्ने छु । नेपाल एक देश मात्र नभएर नेपाल सनातन धर्म, हिमालयन सभ्यताको पवित्र देवभूमि हो । हामीसँग आफ्नै भाषा, लिपि, कला, साहित्य, संस्कार, खानपिन, रहनसहन र गौरवशाली गाथाले भरिएको धेरै पुरानो र सुनौला इतिहास छ । हामी नेपाली हुनुमा गर्व गर्नुपर्ने आधार भनेकै यी हाम्रो सभ्यताले दिएको अमूल्य गहन हुन् । अहिले फेरी धेरै देशका नेता, बौद्धिक मानिस ,विद्वानहरूको बीच पहिचान सङ्कटको विषयमा वृहत छलफल हुँदै आएको छ । ब्रिटिस साम्राज्यले धेरै देशका मनिसलाई पहिचान बिन केवल पशुतुल्य दास बनाएर प्रयोग गरो, नरसंहार गर्यो, व्यापक रुपमा संस्कृतिमा हमला गर्यो यस्ता कर्तुतले पीडित मानिसहरूले आफ्नो पहिचान सङ्कटको महसुस गरे । जब मनिसलाई संस्कार संस्कृति र पहिचान विहीन बनाईन्छ तब त्यहाँ एकता कम हुन्छ । यो कुरा बुझेर त्यो समय साम्राज्यवादी शक्तिले ठूलो संस्कृतिक नरसंहार गरे । अहिले यो कुरा धेरै मानिसहरूले बुझे र आफ्नो पहिचान आफ्नो सभ्यता तिर फर्केको पाहिन्छ । हामी नेपाली यो मामिलामा धेरै भाग्यमानी छौँ । हामीले कुनै पनि शक्तिको दासत्व स्विकार्नु परेन ।

यति सब भरिपूर्ण हुँदा पनि हामी किन सम्पन्न हुन सकेनौ ? हाम्रो सरकारले कहिँले पनि हाम्रो सफ्ट पावरको सदुपयोग गरेन जति अरु सभ्यताका केन्द्र देशले गरे । नेपाल दुई संसारकै ठूला हिन्दु र बौद्ध धर्मावलम्वीहरूको पवित्र भूमि हो यो हामी सबैलाई जगजाहेर भएको विषय हो र यसमा हामीलाई गर्व पनि छ तर समस्याको विषय चाहिं हामीले हाम्रो सफ्ट पावरलाई समृद्धि सँग जोड्नै सकेको छैनौँ । विश्वको करिब १६ % जनसंख्याको आस्था हिन्दु धर्म छ भने करिब ७ % मानिसले बौद्ध धर्मप्रति आस्था राख्छन् ।

यदि हामीले पनि भेटेकन सिटी, जेरुसेलम र मक्का मदिना जस्तो नेपाललाई २२÷२३ % विश्व जनसंख्याको आस्थाको केन्द्र नेपाललाई बनाउन सकेउ भने यसबाट हामी लाभान्वित हुने छौँ । हाम्रो देशमा धार्मिक पर्यटक अधिक मात्रमा भित्राउन सक्छौँ । तीन करोडको जनसंख्यालाई पशुपति, मुक्तिनाथ, स्वयम्भू र बौद्धको भेटिले समृद्धि तुल्याउँछ । यसले हाम्रो अर्थतन्त्र मजबुत मात्र होइन हाम्रो अन्तरष्ट्रिय छवि र सफ्ट पावर अवश्य बढ्ने छ ।

हाराहारी एक हजार जनसंख्या भएको इटालीको राजधानी रोममा अवस्थित अन्तराष्ट्रिय मान्यता प्राप्त करिब ४४ हेक्टरमा फैलेको भेटकन सिटी विश्वको शक्तिशाली देश मध्ये एक हो र भेटेकनको पोप विश्वोका पाँच शक्तिशाली व्यक्ति भित्र पर्दछन् । यो कसरी सम्भव भयो त ? विश्वभरका क्रिस्चियनहरूको आस्था भेटेकन सिटीमा भएकोले यो सम्भव भएको हो । चाहे जो विडेन होस् या भ्लादिमीर पुतिन पोपको अगि झुक्नै पर्छ, भेटेकनको कुरा सुन्नै पर्छ । सफ्ट पावरले कति प्रभाव पार्छ यो हामीले बुझन जरुरी छ । त्यस्तै गरी साउदी अरबले ५७ देश मिली बनेको संगठन या Islamic Cooperation -OIC_ को नेतृत्व गर्छ । साउदी अरबले नै किन मुस्लिम वल्डको नेत्रित्वो गर्छ त, किन इरान र टुर्कीले गर्न सकिराको छैनन् ? मुस्लिमहरूको आस्था मक्का र मदिनामा छ र मक्का ,मदिनाको चाबी साउदी अरबसँग छ । मक्का मदिना साउदी अरबको सफ्ट पावर हो ।

सभ्यताको महत्व तपाईँहरूले महसुस गर्नु नै भयो होला । नेपाल पनि त हिन्दु र बौद्धको आस्थाको केन्द्र हो नि तर हाम्रो देशले आफ्नै सरकार र जनता बाट मान्यता पाको छैन । जबसम्म नेपाल सरकारले आधिकारिक रुपमा पहल गर्दैन सनातन धर्मलाई संरक्षण गर्दैन , लुम्बिनी , गोर्खा , पशुपति , मुक्तिनाथ , स्वयम्भू , बौद्ध लगायत अन्य धार्मिक पर्यटकीय क्षत्रको विज्ञापन गर्दैन तब सम्म हामीले सोचे जस्तो धार्मिक पर्यटक नेपालमा भित्राउन सक्दैनौँ । सनातन धर्म बाहेक अन्यत्र धर्मसँग हाम्रो माटोको सम्बन्ध छैन र अन्य धर्म हाम्रो पहिचानको होइन पनि र हुन नि सक्दैन । त्यो धर्मको आस्थाको केन्द्र अन्य कहीँ छ जुन मैले माथि उल्लेख गरेको छु । हाम्रो राजनैतिक शक्ति विदेशी प्रलोभन, दबाबमा परि पराइ धर्मको सम्मान अधिकारको लागि धर्मनिरपेक्षता अङ्गिकार गर्यो । जसले गर्दा नेपालको मूल सनातन धर्म ओझेलमा त परेका नै छन् धर्म परिवर्तन र जनसांख्यिक आक्रमणको सिकार हुन पुगेको छ । जुन देशमा हिन्दु अधिराज्य हुँदा जातीय द्वन्द्व, धर्म परिवर्तन र जनसांख्यिक आक्रमण खेप्नु परेको थिएन अहिले हामीलाई हाम्रो समाज एकता विहीन भएको महसुस हुन्छ । हाम्रो देशको एकताको मियो भनेको नै सनातन हिन्दु अधिराज्य थियो तराईका मधेसी देखि पहाडमा बस्ने पहाडी समुदाय र हिमालमा बस्ने शेर्पालाई एक सूत्रमा बाँधेको थियो । कुनै विपत्तिमा १२३ जाती र १२५ भाषा भएको सबै नेपालीलाई एक जुट बनाउनु पारो भने त्यो धर्मनिरपेक्षताबाट कसरी सम्भव होला ? र राजनीतिक पार्टी पिछे फरक सिद्धान्तले कस्तो एकता कायम गर्ला ? जब नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य थियो हाम्रो सफ्ट पावर विश्वोसमुदायमा राम्रै थियो । १४० करोड भारतीयको प्रतिनिधि गर्ने भारतक प्रधानमन्त्री अटल बिहारी बजपाईले राजा बिरेन्द्रको पाउ छोएका थिए भने धर्मनिरपेक्ष नेपालका सरकारको कुनै हैसित नभएको महसुस हुन्छ । तसर्थ यो युगका नेपाली युवाले यो बिषयमा चिन्तन मन्न गर्ने समय आएको छ ।

(लेखक मेची बहुमुखी क्याम्पस भद्रपूरमा बिसिए अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज