नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको ट्रान्सपरेन्सीको रिपोर्ट

  प्रकाशित मिति
९ मंसिर २०७७, मंगलवार १६:४५


झापा, ९ मंसिर । भ्रष्टाचार सम्बन्धी एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढिरहेको देखाएको छ ।

ट्रान्सफरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यरोमिटर (जीसीबी) एसियाको प्रतिवेदन अनुसार अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मुल कारण सरकार भएको बताएका छन् ।

त्यस्तै, पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएकामध्ये १२ प्रतिशतले सार्वजनिक सेवा लिँदा घुस दिएको तथा २९ प्रतिशतले आफ्नो ब्यक्तिगत पहुँचको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, प्रतिवेदनले नेपालमा मत खरीद हुने गरेको समेत देखाएको छ। १३ प्रतिशतलाई मतको सट्टा घुसको प्रस्ताव गरिएको बताएका छन् । र, ७ प्रतिशत ले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारमा परेको वा अन्य कोही परेको जानकारी पाएका छन् ।

नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१९ को करप्सन पर्सेप्सन इन्डेक्समा १८० देशमध्ये ११३औं स्थानमा छ । नेपालले १०० मा ३४ मात्र अंक पाएको छ ।

१७ देशमा मार्च देखि सेप्टेम्बरसम्म गरिएको सर्वेक्षमा सहभागी ३ मध्ये एक जनाले सांसदहरु भ्रष्ट रहेको बताएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये प्रधानमन्त्रीरराष्ट्रपति तथा उनीहरुको कार्यालयका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न रहेको मान्छन् । जसमध्ये २६ प्रतिशत अधिकांश प्रधानमन्त्रीरराष्ट्रपति कार्यालयका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न भएको बताएका छन् ।

जसमध्ये नेपालमा ५० प्रतिशतले प्रधानमन्त्रीरराष्ट्रपति कार्यालयको संलग्नता रहेको बताउँदा ३ प्रतिशतले थाहा नभएको र ४७ प्रतिशतले केही र वा कोही नभएको बताएका छन् ।

त्यस्तै, संसदहरुको भ्रष्टाचारमा संलग्नता बारे नेपालका ४३ प्रतिशतले अधिकांश वा सबै भ्रष्ट रहेको बताएका छन्। भने ५४ प्रतिशतले केही भ्रष्ट रहेको बताएका छन् ।

त्यस्तै, ५५ प्रतिशत नेपालीले केही सरकारी कर्मचारी भ्रष्टाचारमा संलग्न भएको तथा ४३ प्रतिशतले सबै कर्मचारी भ्रष्ट रहेको बताएका छन् । ४० प्रतिशतले स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरु भ्रष्ट रहेको बताएका छन् भने ५८ प्रतिशतले केही जनप्रतिनिधि भ्रष्ट रहेको बताउँदा ३ प्रतिशतले मात्र थाहा नभएको बताएका छन् ।

त्यस्तै, २८ प्रतिशतले अधिकांश प्रहरी भ्रष्ट रहेको बताउँदा ७० प्रतिशतले केही वा नभएको बताएका छन् । त्यहीँ २४ प्रतिशतले अधिकांश न्यायाधीश समेत भ्रष्टचारमा संलग्न रहेको बताएका छन् ।

एसियाका १६ देश मध्ये नेपालमा सबैभन्दा धेरैले भ्रष्टचार बढेको बताएका छन् । नेपालका ५८ प्रतिशतले भ्रष्टचार बढेको बताउँदा सबैभन्दा कम कम्बोडियामा १२ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् । पछिल्लो १२ महिनामा १६ देशमा औशतमा ३८ प्रतिशतले भ्रष्टाचार बढेको बताउँदा ३२ प्रतिशतले घटेको बताएका छन् भने २८ प्रतिशतले उस्तै रहेको बताएका छन् ।

रिपोर्टमा नेपाललाई केन्द्रमा राखिएको छ । ’कन्ट्री अन फोकसः नेपाल’ भन्दै नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको र सरकारी काम कारवाहीमा राजनीतिज्ञ तथा कर्मचारीको संलग्नतालाई कारक देखाएका छन्। नेपालमा सर्वसाधरणले अत्यावश्यक स्वास्थ्य सेवा तथा शिक्षामा पनि दुःख पाएको प्रतिवेदनमा उल्लेख छ ।

‘नेपालमा केन्द्र सरकारदेखि तल्लो तह सम्म नै भ्रष्टाचार बढिरहेको सर्वसाधरणले महसुस गरिरहेका छन् । दुर्भाग्यपूर्ण कुरा के हो भने भ्रष्टचारले दैनिक जीवन प्रभाव पारिरहेको छ । उच्च अधकारीहरुको संलग्नता तथा राज्यको सम्पति ब्यक्तिका नाममा पारेका उदाहरणहरु धेरै छन्,’ प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै ४३ प्रतिशतले सांसदहरु र सरकारी अधिकारीहरु, ४० प्रतिशतले स्थानीय तहका सरकारी अधिकारीहरु भ्रष्ट रहेको जनाएका छन् । सबैभन्दा कम १८ प्रतिशतले सैन्य अधिकारीहरु भ्रष्ट रहेको बताएका छन् ।

एसियामा पाँच मध्ये १ जनाले आवश्यक स्वास्थ्य सेवा लिनका लागि घुस दिन बाध्य भएको प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको प्रतिवेदनमा एसियाका १७ देशमा भ्रष्टाचार बढेको र सरकारप्रतिको विश्वासमा कमी आएको देखाएको छ ।

प्रतिवेदनले पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिने झण्डै पाँच जनामध्ये एक जनाले घुस दिएको जनाएका छ जुन यस क्षेत्रको कूल जनसंख्या मध्ये ८३ करोड ६० लाखभन्दा धेरै हुन आउँछ ।

पहिलोपटक ग्लोबल करप्सन ब्यरोमिटर (जीसीबी) एसियाले यस क्षेत्रमा निर्वाचनमा मत किन्ने, यौन दुर्व्यहार अथावा यौन फाइदा लिनका लागि शक्तिको दुरुपयोग र जनस्वास्थ्य तथा शिक्षा जस्ता सार्वजनिक सेवा लिनका लागि व्यक्तिगत पहुँचलाई प्रयोग गर्ने गरेको देखाएको छ ।

पाँच जनामा एक भन्दा बढी व्यक्ति (२२ प्रतिशत)ले सार्वजनिक सेवा लिनका लागि आफ्नो ब्यक्तिगत पहुँचको आधारमा सहयोग लिने गरेको अनुसन्धानले देखाएको छ ।

सार्वजनिक सेवा लिँदा घुस दिनेमध्ये २४ प्रतिशत मानिसहरुले उनीहरुसँग घुस मागिएको बताएका छन् । त्यस्तै सार्वजनिक सेवा लिँदा ब्यक्तिगत पहुँचको प्रयोग गर्ने मध्ये ३० प्रतिशतले पहुँचको प्रयोग नगरे सेवा प्राप्त गर्न नसकिने जवाफ दिएका छन् ।

यो तथ्यांकले मानिसहरुले कामलाई सीघ्र गराउनका लागि, कर्मचारीको अकर्मण्यतालाई कारण देखाइएको छ । प्रतिवेदनले यसरी घुस वा व्यक्तिगत पहुँचको प्रयोग गर्नेमा १८ वर्ष देखि ३४ वर्ष उमेर समूहका मानिसहरु अन्य उमेर समूहका भन्दा बढी रहेको देखाएको छ ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: