नेपाली काङ्ग्रेस जिल्ला सभापतिमा उद्धव

  प्रकाशित मिति
२५ माघ २०७२, सोमबार ०८:५०


 

झापा, २udhav 2५ माघ । नेपाली काङ्ग्रेस झापाको सभापति लगायत जिल्ला कार्य समितिको मुख्य तीन पदमा सर्वसम्मत निर्वाचन भएको छ ।

सभापतिमा उद्धव थापा, सचिवमा प्रेम सम्वाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे निर्विरोध निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए ।

सभापति पदमा निर्वाचित थापा यस अघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो भने सचिव सम्वाहाम्फे मेचीनगर कार्य समितिका सभापति हुन् । कोषाध्यक्ष पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् ।

पार्टीको १३ औँ महाधिवेशन अन्तर्गत सोमबार जिल्ला कार्य समितिको चुनावका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने व्रmममा सभापति, सचिव र कोषाध्यक्ष पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: