नेपाली साहित्यका चम्किला तारा

  प्रकाशित मिति
२९ असार २०७५, शुक्रबार ०९:३७


आज असार २९ गते । २०५ औँ भानु जयन्ती । हरेक बर्ष आजैका दिन स्वदेशमा होस् वा विदेशमा भानु जयन्ती विविध कार्यक्रमका साथ धुमधाम मनाइन्छ । आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको रम्घा चूँदीमा भएको थियो । पिता धनन्जय र माता धर्मावतीदेवी आचार्यको एकमात्र पुत्ररत्नका रुपमा जन्मिएका भानुभक्त सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । उनी कवि हुन्, जसलाई नेपाली भाषाका आदिकवि भनेर पनि चिनिन्छ ।
पिता धनन्जय आचार्य सरकारी अड्डाका जागिरे भएका कारण उनले पितासँग नजिकिने त्यति समय पाएनन् । उनी रम्घा चूँदीको सम्पन्न र शिक्षित परिवारमा जन्मिएका थिए । बाजे श्रीकृष्ण अत्यन्तै धार्मिक व्यक्ति र विद्वान समेत भएकाले वाल्यकालको शिक्षा उनले बाजेबाटै प्राप्त गरे पनि एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाई पनि छ । आफ्नो बाल्यकाल बाजेकै रेखदेख र सेरोफेरोमा विताएका भानुभक्त जता जाँदा पनि बाजेको चोर औला पव्रmेर हिँड्ने गर्दथे । सानैदेखि चतुर स्वभावका उनले सानै उमेरमा बाजेबाट धेरै ज्ञान प्राप्त गरिसकेका थिए ।

बाजे श्रीकृष्णको धार्मिक भ्रमणमा साथ लागेर भानुभक्त उनीसँगै काशी पुगे । काशीमा रहँदाको समयमा उनले संस्कृत भाषाको अध्ययन गर्ने मौका पाए र छोटै समयमा पनि उनी संस्कृतका ज्ञाता पनि भए । त्यस समयमा संस्कृत भाषाको बोलबाला थियो र नेपाली भाषालाई तुच्छ भाषाको रुपमा लिइन्थ्यो । भानुभक्त संस्कृत भाषाका ज्ञाता भए तापनि उनले नेपाली भाषालाई उच्च प्राथमिकतामा राखेका थिए । उनी सानैदेखि नेपाली भाषामा बोल्थे, नेपाली भाषामै कविता भन्थे र कवितामै नाच्थे पनि । भानुभक्तलाई लेखनमा अत्यन्तै रुचि थियो । जति लेख्दा पनि नअघाउने भानुभक्तले त्यस समयमा धेरै लेखे । त्यस समयमा भानुभक्तले लेखेका साहित्यहरु न त प्रकाशन हुन सके न त भानुभक्त जनमानसमा चिनिन नै सके ।  भानुभक्तले बाल्मिकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन् । उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि भानुभक्त नेपाली साहित्यमा चिनिएका हुन् ।

आदिकवि भानुभक्तको ुजीवन चरित्र’ वि.सं. १९४८ मा प्रकाशित गरेर पहिलो पटक भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम मोतीराम भट्टले गरेको भनाई छ । त्यसपछिमात्र त्यस बेलाको नेपाल काठमाडौ उपत्यका र वरपर रामायणका श्लोक भानुभक्त गाइन थालियो ।
वि.सं. १९८६ तिर सूर्यविव्रmम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरुले नेपाल बाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुले राष्टिूय सीमा नाघेर अन्तर्राष्टिूय नेपालीभाषी सवैक्षेत्रमा मान्यता पाएको भनाई पनि छ । भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धशाली भन्नेहरु राष्टूभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन् ।

उनका लेखहरुलाई मोतीराम भट्टले प्रकाशित गरेर जीवन्तता प्रदान गरे र भानुभक्तलाई समेत चर्चाको शिखरमा पु¥याए । नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक समेत हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतिक रागीवन र मृत्युका प्रतिक रामको राजमहलबाट बनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श समेत प्रचार गर्ने प्रचारकको रुपमा आज भानुभक्तलाई नै चिन्ने गरिएको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् ।

हजारौ वर्षदेखि पूर्वीय जगतमा उपमेय बनेको प्रतिनिधि ग्रन्ध रामायणको नेपालीमा पुनर्जन्म गराउन भानुभक्त सफल समेत बने । यस्ता प्रतिभालाई सवैका सामु चीरपरिचत गराउन र चर्चामा ल्याउनका लागि मोतीरामले उनको जीवनी समेत लेखेर छापिदिए । मोतीराम भट्टले आफ्नो कृति मार्फत भानुभक्त आचार्यलाई अत्याधिक सम्मान गरी ुआदिकविु को उपाधि समेत प्रदान गरे । उनले प्रदान गरेको ुआदिकविु को उपाधिलाई त्यस समयमा त्यति मान्यता नदिइए पनि त्यसको करीव ५० बर्ष पछि श्री ३ जुद्ध शमशेरले पुनः भानुभक्तलाई आदिकवि नै भन्नु भन्ने हुकुम दिएपछि भने भानुभक्त आदिकविको रुपमा स्थापित भएका हुन् ।

३७ बर्षको उमेरमा सरकारी जागिर पाएको दुई बर्षमा नै उनलाई सरकारी रकमको दुरुपयोग गरेको भन्दै जागिरबाट हटाइयो र पाँच महिनाको कारावासका लागि कुमारीचोकको खोरमा समेत पठाइयो । तर यो खोरको जीवन उनका लागि वरदान सावित भयो । उनले पाँच महिनाको कैदमा रहँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धान र सुन्दरकाण्डको पद्म अनुवाद गरेर सके । त्यसवेला सम्म नेपाली भाषामा रामायण नभएकाले विभिन्न उत्सवहरुमा संस्कृत भाषाका श्लोकहरु पढिन्थ्यो । नेपाली भाषामा रामायण आएपछि सवैका घर घरमा भानुभक्तको रामायण राखिन थालियो । त्यसपछि नै समाजमा नारी पुरुष र सबै जातजातिले समान रुपमा पढ्ने अवसर पाए । भानुभक्तीय रामायण सरल र मौलिक नेपाली भाषामा रचना गरिएकाले यसले रात दुइगुणा र दिन चारगुणाले देश देशान्तरसम्म प्रसिद्धि कमाउन थाल्यो ।

आदिकवि भानुभक्त आचार्र्य नेपालमा मात्र नभई संसारभरका नेपालीभाषीहरुको मानसपटलमा सम्मानित भएर बसेका छन् । उनी जन्मेकै दिन वा हरेकबर्षको असार २९ गते भारतको दार्जीलिङ र सिक्किम राज्यहरुमा भानुजयन्तीलाई ठूलो पर्वको रुपमा मनाइन्छ र भानुभक्तको जयजयकारको नारा सहित उनको स्मरण गरिन्छ । वास्तवमा नेपाली साहित्यमा आदिकवि भानुभक्तका रचनाहरु अग्रणी रुपमा रहेका छन् । ुअध्यात्म रामायणु अनुवादित ग्रन्थ भए पनि भानुभक्तले यसलाई मौलिक रुप दिई रोचक र सरल रुपमा प्रस्तुत गरे ।

भानुभक्त भन्दा अगाडिका कविहरुले नेपाली भाषा र साहित्यलाई यति सहज, सरल र मौलिक रुपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तीय रामायण नेपाली भाषा साहित्यको पहिलो महाकाव्य बन्न सफल भयो । राजा पृथ्वीनारायण शाहले विभिन्न खण्डमा विभाजित राज्यलाई एकीकरण गरे भने भानुभक्तले सांस्कृतिक रुपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीक एकीकरण गरे । भानुभक्तले सृजना गरेको नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरुबीच भाषिक एकता कायम हुन सकेको हो । भानुभक्तले रामायणका बालकाण्ड र अरु काण्ड प्रश्नोत्तर १९१०, भक्तमाला १९१०, बधूशिक्षा १९१९ लगायतका कृतिहरुको सिर्जना गरे । यस वाहेक उनले थुप्रै फूटकर कविताहरु रचना गरी नेपाली साहित्यलाई धनी बनाए । भानुभक्तका अन्य धेरै कृतिहरु भएता पनि एउटा रामायणले नै भानुभक्तलाई लोकप्रिय बनायो ।

नेपाली भाषा साहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदासर्वदाका लागि गाँसियो । पछिल्लो दोश्रो जनआन्दोलनका क्रममा देशभर भानुभक्तका प्रतिमाहरु तोडफोड गर्ने प्रयास पनि भयो, यो अत्यन्तै दुःखद पक्ष हो । उनलाई कुनै एक भाषिक समुदायको आदिकवि भएको आरोप समेत लगाइएको छ । जीवनको अन्तिम क्षणसम्म पनि नेपाली साहित्य उत्थानका लागि निरन्तर लेखनमा लागि परेका आदिकवि भानुभक्त आचार्यको सम्मान गर्न सक्यौं भने त्यो राष्टूको सम्मान हुनेछ र हामी सवै नेपाली जनताको पनि । नेपाल राष्टू रहेसम्म भानुभक्त अमर रहनेछन् कविशिरोमणि लेखनाथ पौड्यालको त्यसबेलाको घोषणा आजसम्म सार्थक छ । अन्तमा बहुभाषाभाषी बसोबास रहेको यो राज्यका आम नागरिकमा एक आपसमा सम्बन्ध सुत्र जोड्न आधार तयार गर्ने व्यक्ति भानुभक्तको योगदान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि उत्तिकै सान्दर्भिक पनि छ  ।

(लेखक सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: