नेपाली साहित्यका भक्त भानु

  प्रकाशित मिति
२९ असार २०७५, शुक्रबार ०९:३२


नेपालका राष्ट्रिय विभूति एवम् नेपाली साहित्यिक गगनका भानु जसकोे जन्म विक्रम सम्वत १८७१ असार २९ गतेका दिन हालको गण्डकी अञ्चलको तनहूँ जिल्लाको चुँदी बेसीमाथिको रम्घा गाउँमा र मृत्यु वि.स. १९२५ सालमा छपन्न वर्षको उमेरमा तनहूँकै सतीघाटमा भएको थियो । भानुभक्त आचार्यका बाबु धनञ्जय आचार्य थिए र आमा धर्मावती आचार्य थिइन् । संस्कृत भाषाका प्रकाण्ड विद्वान् बाजे श्रीकृष्ण आचार्य र धनञ्जयका पाँच भाइमध्ये ठाहिँला भाइ गङ्गादत्त आचार्य जो व्याकरण र ज्योतिषका विद्वान् थिए । उनीहरmकै सान्निध्यमा रहेर उनले अनौपचारिक शिक्षा घरमै आर्जन गरेका थिए । त्यसबैला आजभोलिजस्तो औपचारिक शिक्षाआर्जन गर्ने विद्यालय थिएनन् । अतः उनले आफ्नै स्वाध्ययनका भरमा शिक्षा हाँसिल गरे ।

पुरानै संस्कार र मान्यतामा हुर्के बढेका भानुलाई आफ्ना पूर्वजले हिँडेको बाटो नै प्रिय लाग्नु स्वभाविकै थियो । बाजे काशीबास गर्न जाँदा साथमा गएकाले नै त्यहीँ बसी शिक्षा आर्जन गर्ने मौका र कविता लेख्ने प्रेरणा केटाकेटी अवस्थादेखि नै पाएका थिए । बाजेको धार्मिक पारमार्थिक चरित्रको प्रभाव उनमा सानैदेखि परेको थियो । काशीको ५÷६ वर्षको बसाइले पनि उनमा साहित्यिक अनुराग जगाएको थियो ।

भानुभक्त आचार्यको पहिलो रचना शिखरिणी छन्दमा लेखिएको उनकै जन्मपत्रिकाको बयान गरिएको दशहरफे कविता हो । पछि उनले १८९८ मा रामायणको बालकाण्ड तयार पारे । पाल्पाको मालमा खरिदार पदमा रहेका उनका बाबु धनञ्जयको मृत्युपछि बाबुबाट फस्र्यौट हुन बाँकी हिसाब बुझाउन हकवालाकै नाताले उनलाई समातिएकोले उनले १९०९ तिर पाँच महिनासम्म नजरबन्द भएर रहनुप¥यो ।

यसै समयमा रामायणको अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे । नजरबन्दबाट छुटेपछि अकिञ्चन घाँसीको घाँस बेचेर परिवारको भरणपोषण गरी शेष रहेको पैसा जम्मा पारेर कुवा खनाउन खोज्ने विचार सुनेपछि भानुभक्तको अहम् बिउँझियो अनि त आफ्नो कीर्ति फिँजाउन खोज्ने घाँसीका अर्तीबाट धिक्कार होस् मकन बस्नु नराखी कीर्ति भन्दै भानुभक्तले आफूलाई आफैँ धिक्कारे । घाँसीले घाँस बेच्ने कुरा, अहिले त बिक्दैन । त्यो पनि त्यस समयको तनहूँमा ! तर पनि कुवा खनाएर बटुवाका तिर्खाएका आँतलाई शीतलता प्रदान गर्ने परोपकारी घाँसीको अर्तीले उनलाई लोकको गरmँ हित् भनी भन्दै लोकहितको बाटामा डो¥यायो । अनि त सुगौली सन्धिको पराजयले उत्पीडित नेपालीहरmको छियाछिया भएको मनमा उनले १९१० तिर रामायणका युद्घकाण्ड र उत्तरकाण्ड पनि तयार पारी शील, शक्ति र सौन्दर्यको सञ्चार गराइदिए ।

कान्तिपुरवर्णन र बालाज्यूवर्णन कवितामा भानुभक्तले स्वर्गबाट सुन्दर विम्ब टपक्क टिपेर ल्याई थपक्क सिँगारेका छन्् । अनि सौन्दर्य चेतना एवम् कल्पनाचातुर्यले ती कवितालाई ढपक्क ढाकेका छन्् । नेपालको राजधानी कान्तिपुरलाई स्वर्गको राजधानी अमरावतीसँग र स्वर्णिम उद्यान बालाजूलाई स्वर्गको रमणीय स्थलसँग तुलना गर्दै उनले नेपाललाई स्वर्ग र नेपालीलाई देवताको कोटिमा पु¥याएका छन्् । ब्राम्हणवादको दबदवा भएको बेलामा सबैले बुझ्ने जनभाषामा संस्कृत काव्यको उल्था गरेर एउटा कठोर परम्पराको विरोधमा पनि उनी उत्रेका थिए । विभिन्न वर्गमा विभाजित नेपाली समाजलाई भाषाका माध्यमबाट एकसूत्रमा बाँध्ने कामको थालनी पनि यिनीबाट नै सुरm भएको थियो ।

यति मात्र नभई ईश्वरभक्तिको समय थियो । त्यसैले वैराग्यभावना जगाउन शान्तरसको परिपाकका साथ लेखिएको भक्तमाला (१९१०), मानव जीवनोयोगी उच्च नैतिक मूल्यका शाश्वत् उपदेशहरm भएको प्रश्नोत्तर (१९१०), तद्युगीन आवश्यकता बमोजिम पारिवारिक शान्तिको सन्देश बोकेको वधूशिक्षा
(१९१९), रामगीता (१९२५) र गजाघर सोतीको प्रसङ्ग रचनाको सन्दर्भलाई हेर्दा उनीभित्र आशु कवित्व प्रतिभा विद्यामान थियो । यसै कारणले भानुभक्तलाई वि.स. १९४८ मा आदिकवि पदवीद्वारा सम्मानित गरिएको थियो ।

यसपछि भानुभक्त नेपाली साहित्यमा एउटा युगका रूपमा चिनिए, रामभक्ति धाराका केन्द्रीय ज्योतिका रूपमा चम्किए । आज आदिकवि विभूषणप्रति धेरैले प्रश्न उठाएका छन्् । भक्तिधारा अन्तरगत भानुभक्तभन्दा पूर्व नै नेपाली कविताको लेखन विभिन्न रूपमा प्रारम्भ भइसकेको थियो तर पनि मौलिकता, सरसता र सरलतामा उनलाई उछिन्ने कुनै कवि नेपाली साहित्यमा देखा परेका थिएनन् । अध्यात्म चेतना, उपदेश, नैतिकता, छन्दको सफल प्रयोग जस्ता गुणका कारण उनीभन्दा अघि कविहरm भए पनि सर्वप्रथम मोतीराम भट्टले यिनलाई लाक्षणिक अर्थमा आदिकविको विभूषण पहिराइदिए र आज पनि उनलाई नै नेपाली साहित्यमा आदिकवि मानिन्छ ।

भक्तमाला र वधूूशिक्षा मौलिक, प्रश्नोत्तर र रामगीता अनूदित, रामायण मौलिकता र अनुवादको दोसाँधका रूपमा भएका कृति हुन् । रामायण भक्ति, भाषाशैली, सङ्गीत र आध्यात्मिकताका दृष्टिले आज पनि महङ्खवपूर्ण मानिन्छ । गरिएको यो अनुवादले उनलाई अनुवादक मात्र भनेर पन्छाउन मिल्दैन । कथावस्तु अध्यात्म रामायणबाट लिए तापनि यसमा उनले प्रशस्त मात्रामा मौलिकताका साथै काव्यात्मकता समावेश गरेका छन्् । यसका पात्रमाहरmमा नेपालीपन छ र राम, लक्ष्मण, सीता आदि नेपाली भएर उत्रेका छन्् । महाकवि देवकोटा लेख्छन्् –“साहित्यिक श्रेष्ठताको नाप जनतामा परेका प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरm अरm जँच्दैन, जतिको भानुभक्त कविको नेपाली रामायण ।”

अनूदित हुँदा मूल कृतिमा भएका भावना, लालित्य र सौन्दर्य यथावत रहन्छन्् भन्न गाह्रो पर्छ, तर तिनको क्षतिपूर्ति अरm प्रकारले गर्न सक्नु कुशल शिल्पीको कला हो । गद्यको भन्दा पनि पद्यको अनुवाद गर्नु अझ बढी कठिन हुन्छ । कविताको भाषा र शब्द मात्र नभएर गुन्जन, लय र छन्दका सूक्ष्म तथा सुकोमल गतिमा प्रवाह सृष्टि गर्ने भावचेतनाको स्फूरण पनि हो । यसैले कविताको रूपान्तरणमा समस्याको उत्पत्ति गर्ने हुन्छ तर पनि सफल अनुवादकले आफ्नै माटो र पानीमा भिजेझैँ गरी भाव प्रस्तुत गर्दछ, जुन भानुभक्तले गरेका छन्् ।

औपदेशकिता, नैतिकता, भक्तिपरकता, राष्ट्रियता, देशप्रेम, प्रकृतिप्रेम, सौन्दर्य र सुधारात्मकता उनका प्रवृत्ति हुन् । नेपाली भाषाका एकीकरणकर्ता, शास्त्रीय छन्दमा सुन्दर काव्य रचना गर्ने श्रष्टा एवं युगद्रष्टा भनुभक्त आचार्र्यमा विशेषतः आध्यात्मिक नीतिचेतना र युगबोधजस्ता विशेषता पाइन्छन्् ।
राष्ट्रियतालाई दरिलो पार्ने आधारहरmमध्ये साहित्य पनि एक हो । माटोरूपी भू–खण्डप्रति मुटुरूपी जनताको आस्था र भक्ति जीवन्त नहुन्जेल राष्ट्रियता सशक्त बन्दैन । अतः देशप्रति जनताको आस्था जागरूक गराउने सशक्त साहित्यको खाँचो युगीन आवश्यकताका रूपमा त्यति वेला मुलुकमा देखापरेको थियो । यसै कारणले गर्दा भानुभक्तले लोकभाषामा मात्र सीमित रहेको नेपाली भाषालाई काखमा राखेर काव्यभाषाका रूपमा अवतरण गराउँदै राष्ट्रिय एवम् जातीय एकताको शङ्खनाद गराएका थिए । नेपाली भाषा र साहित्यको माध्यमबाट राष्ट्रलाई सुदृढ पार्न योगदान दिएका कारण राष्ट्रिय विभूतिका रूपमा दीप्तिमान भएका छन्् । जाति, भाषा र काव्यका त्रिवेणी भानुभक्त नेपाली साहित्यका चम्किला भानु हुन् । युगीन आवश्यकताका उपज भानुभक्त आचार्य नेपाली साहित्यका अमूल्य रत्न हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: