नेपाल छिटो विकास गर्ने मुलुकको सूचीमा ः अर्थमन्त्री खतिवडा

  प्रकाशित मिति
२७ मंसिर २०७६, शुक्रबार १९:१३


भद्रपुर । अर्थमन्त्री युवराज खतिवडाले विश्वका सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा नेपाल परेको बताएका छन् । उनले आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको धारणा व्यक्त गरे ।

मेची बहुमुखी क्याम्पसको भवन उद्घाटन तथा होस्टेल शिलान्यास कार्यक्रममा बोल्दै उनले दक्षिण एसियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धिदर अरुको भन्दा उच्च रहेको जानकारी दिए ।

उनले अघिल्लो सरकारले सुरु गरेका अधुरो विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै उनले मेची बहुमुखी क्याम्पसको बन्न लागेको मानविकी भवन र गल्र्स होस्टेल लगायतका भौतिक संरचनामा आर्थिक अभाव हुन नदिने बाचा गरेका थिए ।

क्याम्पसको प्रशासनिक भवनको उद्घाटन अर्थमन्त्री खतिवडा र पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संयुक्त रुपमा गरेका थिए । भद्रपुर–८ मा रहेको क्याम्पस परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन र बन्न लागेको महिला छात्रावासको शिलान्यास भएको हो । त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारको सहयोगमा क्याम्पसका सबै संरचना निर्माण हुने भएका छन् ।

सो अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले मेची बहुमुखी क्याम्पसको विकास र विस्तारमा सबै राजनीतिक दलको सहयोग रहेको बताउँदै अघिल्लो सरकारले चन्द्रगढीमा निर्माण थालेको स्व. गिरिजाप्रसाद स्मृति भवनमा वत्र्तमान सरकारले एउटा पनि इँटा नथप्नुको कारण के हो भान्दै अर्थमन्त्री खतिवडालाई प्रश्न गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्टार डिल्लीराम उप्रेतीले सोही कार्यक्रमकाविच मेची बहुमुखी क्याम्पसको मानविकी भवनको शिलान्यास गरेका थिए । रजिस्टार उप्रेतीले आगामी वर्षदेखि क्याम्पसमा सूचना प्रविधि विषयको स्नातक (बीआईटी) कक्षा सञ्चालन गर्न आग्रह गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. पृथ्वीविक्रम राईको अध्यक्षता र क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईको स्वागतमा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिर शिवाकोटी, भद्रपुर नगरप्रमुख जीवन श्रेष्ठ, स्ववियू सभापति भुवन बुढाथोकी लगायतले मन्तब्य क्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: