कनकाई । झापाको सुरुङ्गामा शनिवार भएको उद्घाटन खेलामा नेपाल पुलिस क्लब विजयी भएको छ । उसले आयोजक सुरुङ्गा–११ लाई ४–० को गोल अन्तरले पाखा लगाउँदै सहज जित हासिल गरेको हो ।
जितसँगै पुलिस अन्तिम चारमा पुगेको छ भने आयोजकको फाइनलसम्म पुग्ने लक्ष्य सकिएको छ । खेलको ४ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी दिनेश गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २९ औं मिनेटमा जर्सी नम्बर १४ का खेलाडी तेज तामाङले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाए । प्रतियोगिता अवधिभर पुलिसले आयोजक टिमलाई दवावमा राखेको थियो । दोस्रो हाफमा पुलिस झन आव्रmमक बन्न पुग्यो । र, पुनः दुई गोल थप्यो । ५० औँ मिनेटमा निरकुमार राईले गोल गरे भने ५४ औ मिनेटमा जुमानु राईले गोल गरेका थिए ।
प्रतियोगितामा पुलिसका जर्सी नम्बर १९ का खेलाडी निलकुमार राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतवार नेपाल आर्मी क्लब र रुपन्देही–११ बीच स्पर्धा हुने आयोजक सुरुङ्गा जेसिजका महासचिव रामप्रसाद निरौलाले बताए ।
सुरुङ्गा जेसीजकी अध्यक्ष सरला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यव्रmममा प्रमुख अतिथि सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले खेलको उद्घाटन गरेका थिए । कार्यव्रmममा सांसद् प्रेमबहादुर गिरीले खेलमैदानको स्तरोन्नति गर्नका लागि पहल गरिरहेको जनाउँदै मन्त्री बुढाथोकीको ध्यानाकर्षण गराएका थिए । कार्यवmममा काङ्ग्रेस झापा सभापति उद्धव थापा, झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष जलकुमार गुरुङ, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेती, कनकाई उच्च माविकी प्राचार्य आशा शर्मा शिवाकोटीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।