नेपाल–प्रचण्ड पक्षको सभामा नगएका सांसद् मैनाली भन्छन्–‘म विभाजनको पक्षमा छैन’

  प्रकाशित मिति
१८ पुष २०७७, शनिबार १४:५१


झापा, १८ पुस । प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले आफु पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

उनी नेकपाको नेपाल–प्रचण्ड पक्षले आज विर्तामोडमा आयोजना गरेको विरोध सभामा सहभागी भएनन् ।

‘म पार्टी विभाजनको पक्षमा छैन, विर्तामोडको सभामा जान मनले मानेन,’ नेकपाका नेता तथा प्रदेश सांसद् मैनालीले लोकतन्त्र पोस्टसँग भने ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भंग गरेको घटनालाई प्रतिगमनको संज्ञा दिदै नेपाल–प्रचण्ड समूहको नेकपाले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा सो समूहमा लागेका नेता, सांसद् र पूर्व सांसद्हरु सहभागी छन् ।

तर नेता मैनाली कार्यक्रममा गएनन् । उनले जनताले दिएको जनादेश सबैले मान्नुपर्ने र आफु पार्टी एकताकै पक्षमा रहेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: