नेपाल–रसियाको सम्बन्ध अझ प्रगाढ बनउने प्रमको उद्घोष

  प्रकाशित मिति
१५ फाल्गुन २०७४, मंगलवार १८:११


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधि मण्डलसँग मङ्गलबार कुरा गर्दै सो कुरा बताएका हुन् ।

सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गरेका छन् ।
उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक, साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु ।

न्त्रिपरिषदमा छलफल गरेर निणर्य गर्नेछु’, प्रधानमन्त्री ओलीले भने । रसियाले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंशा प्रधानमन्त्री ओलीले गरेका छन् ।
भेटमा रसियाका राजदुत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाइ तथा शुभकामना पठाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: