नेपाल र चीनबीचको राजनीतिक सम्बन्ध थप सुदृढ ः प्रम ओली

  प्रकाशित मिति
१० असार २०७५, आईतवार १४:२७


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वासमा वृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् ।

चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आइतबार स्वेदश फर्केपछि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी पयर्टनजस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

नेपालको विकास नेपालीले नै गर्ने भए पनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उनले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: