नेम्वाङ र राजवंशी सम्मानित

  प्रकाशित मिति
२४ बैशाख २०७३, शुक्रबार १०:५६


भद्रपुर । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तथा नेपाल टेलिभिजन झापा सम्वाददाता भीम नेम्वाङ् र सनराइज एफएमका सममचार संयोजक इन्द्रसिंह राजवंशी पुरस्कृत भएका हुन् ।

जिल्ला विकास समिति झापामा शुक्रवार भएको लोकतन्त्रको स्थायित्व र बिकासमा पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा झापामा रहेर लामो समयसम्म पत्रकारिता गरिरहेका थप हौसलाका लागि नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका बारेमा पत्रकार चिन्तामणि दाहालले लोकतन्त्रको स्थायित्व र विकासमा पत्रकारिता सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडव्रmसका जिल्ला अध्यक्ष लोकराज ढकाल, पत्रकार महासङ्घका केन्द्रीय पूर्व महासचिव चन्द्र भण्डारी, स्थानीय विकास अधिकारी खेमराज ओझा, एमालेका पूर्वसासंद पुष्पराज पोखरेललगायतले अबको पत्रकारिता निडर, सक्षम र पारदर्शी रुपमा लैजानुपर्नै धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: