नेवा साँस्कृतिक भवन निर्माण हुने

  प्रकाशित मिति
२७ माघ २०७४, शनिबार १५:१९


मेचीनगर ।  नेवारी समुदायको कला संस्कृति र पहिचान झल्किने गरी झापाको मेचीनगर—६ काँकरभिट्टामा नेवा साँस्कृतिक भवन निर्माण हुने भएको छ ।

नेवा समाज समिति मेचीनगरको सक्रियतामा गणेश भिमेश्वर मन्दिर परिसरको करीब डेढ कठ्ठा जमीनमा भवन निर्माण गर्न लागिएको समितिका अध्यक्ष कमल गुभाजुले बताए । मेचीनगर नगरपालिकाको लिखित स्वीकृत पत्र अनुसार सो स्थानमा भवन बन्न लागेको हो ।

निर्माण कार्यलाई तीब्र पार्नका साथै अहिले जमीन सम्याउने काम भइरहेको समितिले जनाएको छ । पूर्वमै सम्भवत नेवारी समुदायको कला, संस्कृति र पहिचान झल्किने गरी निर्माण हुन लागेको यो नै पहिलो नेवारी साँस्कृतिक भवन भएको दाबी समितिको छ ।

करीव एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन भूःकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न हुने भवन निर्माण आर्थिक संकलन समितिका संयोजक उदयकुमार श्रेष्ठले बताए । उक्त रकम समितिकै पहलमा साधारण सदस्य तथा दाताहरुबाट संकलन गरिने छ । भवन निर्माणका लागि नेवार समुदाय सहित अन्य दाताहरुले स्वतःस्फूतरुपमा अहिले सम्म १५ लाख रुपैयाँसम्म बढी घोषणा गरेका छन् । स्थानीय व्यवसायी तथा आर्थिक समितिका संयोजक अशोककुमार श्रेष्ठले सर्वाधिक ५ लाख रुपैयाँको घोषणा गरेका छन् । घोषणा गर्ने क्रम जारी रहेको छ ।

भुइतलासहित तीनतले भवनमा लगभग ३ सय मानिस अटाउने सभाहल र समितिको कार्यालयगरी अन्य तीन कोठा निर्माण हुने उहाँले बताए । एकवर्ष भित्रमा भवनको निर्माण कार्य सम्पन्न हुने संयोजक श्रेष्ठको भनाई छ । भवन निर्माण सम्पन्न भएपछि नेवारी समुदायले मनाउने चाडपर्व सोहि भवनमा सम्पन्न गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: