नेविसंघको बिर्तामोडमा विरोध प्रदर्शन

  प्रकाशित मिति
१४ श्रावण २०७७, बुधबार १९:५७


मेचीनगर, १३ साउन । नेपाल विद्यार्थी संघ झापाले गैरजिम्मेवार सरकार र सर्वोच्च अदालत विरुद्ध ब्यापक विरोध प्रदर्शन बिर्तामोडमा सम्पन्न गरेको छ ।

दुईतिहाई बहुमतको कम्युनिष्ट नेतृत्वको सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राखेको र हत्याआरोप स्वीकार गरिसकेका रञ्जन कोइरालालाई उन्मुक्ति दिएर न्यायिक पद्धतिलाई नै कमजोर बनाएको विरोधमा नेपाल विद्यार्थी संघ झापाले मङ्गलबार बिर्तामोडमा प्रदर्शन सम्पन्न गरेको हो ।

चोलेन्द्र शमशेरलाई कारबाही गर, धार्मिक हिंसा निम्त्याउने अभिब्यक्ति बन्द गर, विधिको शासन कायम गर, गैरजिम्मेवार ओली सरकार मुर्दाबाद, चिनिया अतिक्रमण स्वीकार्य छैन, विधिसम्मत निर्णय गर्ने कि जबर्जस्ती दुई तिहाइको दम्भले ?

नेविसंघ जिन्दाबाद’ लगायतका नारासहित बिर्तामोडको दुर्गामन्दिर परिसरबाट निकालिएको विरोध प्रदर्शन बजार परिक्रमापछि मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीले यसअघि हत्या आरोप स्वीकार गरेर आजीवन काराबासको सजाय सुनाइएका रञ्जन कोइरालालाई छाड्नुले न्यायिक पद्धति नै मरेको दावी गरे ।

नेपाली कांग्रेस बिर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाले वर्तमान सरकारमा दुईतिहाइको दम्भ र उन्माद देखिएको बताउँदै सत्ता र पैसाका पछि अल्झिएको कम्युनिष्ट नेतृत्वको सरकार जनअपेक्षा पूरा गर्न असफल भएको टिप्पणी गरे । न्यायालयमाथीको सरकारको हस्तक्षेपले लोकतन्त्रलाई नै कमजोर बनाएको नेता सिटौलाको भनाइ थियो ।

वर्तमान सरकार भ्रष्टाचारमा डुवेको टिप्पणी गर्दै बक्ताहरुले कम्युनिष्ट नेतृत्वको सरकारले जनअपेक्षा अनुरुप कुनै पनि काम गर्न नसकेको धारणा राखेका थिए ।

नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न कोणसभाको सञ्चालन पोषराज कटुवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: