नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ता र विमितहरु सम्मानित

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार १०:०७


झापा, २३ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिर्तामोडले अभिकर्ता र विमितहरुलाई सम्मान गरेको छ ।
शुक्रबार बिर्तामोड स्थित ग्राण्ड प्यासिफिक होटलमा वडादशैँ, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा अभिकर्ता र विमितहरुलाई सम्मान गरेको हो ।

कम्पनीले कार्यक्रममा १८ जना अभिकर्ता र ४५ जना विमितहरुलाई सम्मान गरेको थियो । उत्कृष्ट १८ जना अभिकर्तामध्ये ९ जना व्यक्तिगत कोड र ९ जना सञ्जाल कोडबाट सम्मानित भएका थिए ।

त्यस मध्येबाट पनि उत्कृष्ट ३ जना व्यक्तिगत र ३ जना सञ्जाल कोडबाट सम्मानित भएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट सञ्जालबाट सम्मानित हुनेहरुमा दिपा शर्मा ओली, शेखर शर्मा गुरगाई र आशा पोखरेल छन् भने व्यक्तिगत कोडबाट युवराज बाँस्तोला, अनन्तराम ओली र निशान्त राई रहेको जनाईएको छ ।

युवराज र अनन्तरामले यसअघि सिओटी ईन्टरनेशनल अवार्ड प्राप्त गरेका छन्  भने प्रदेश नम्बर १ को नेतृत्व गर्न समेत सफल भएको कम्पनीले जनाएको छ ।

त्यस्तै बिर्तामोड शाखा अभिकर्ता संघकी अध्यक्ष समेत रहेकी दिपा ओलीले शाखाबाट प्रथम अवार्ड पाएकी छन् ।

कार्यक्रममा कम्पनीले २०७७÷७८ को अभिकर्ता र विमितहरुलाई प्रमाण पत्र वितरण गरेको थियो भने उपस्थित नहुनेहरुलाई घरघरैमा सम्मान पत्र पुर्याईदिने जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एकराज कार्की, कम्पनीको दमक शाखाका प्रमुख सुमन राई, धरान शाखाका प्रमुख हरिप्रसाद खतिवडा, वरिष्ठ व्यवसायी बन्धु निरौला, व्यक्तिगत कोडबाट सम्मानित अनन्तराम ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आर्चाय, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय महासचिव सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतको उपस्थिती रहेको थियो ।

शाखाका सहायक प्रबन्धक गजेन्द्र चौधरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कम्पनीका बिर्तामोड शाखाका प्रमुख रोशन कुँवरको सभापतित्व, कर्मचारी अजिता गुरगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन अभिकर्ता पेमा भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: