झापा काङ्ग्रेसमा उम्मेद्वार छान्न सकस

  प्रकाशित मिति
१४ जेष्ठ २०७४, आईतवार १८:२१


treeझापा । झापामा नेपाली काङ्ग्रेसले अझै सबै स्थानीय तहका उम्मेद्वार टुङ्गो लगाउन नसक्दा कार्यकर्तामा निराशा छाएको छ ।

उम्मेद्वार मनोनयन दर्ता गर्न ५ दिन मात्र बाँकी रहँदा समेत उम्मेद्वार टुङ्गो लागेको छैन ।

झापाका १५ तहमध्ये नेपाली काङ्ग्रेसले ४ नगरपालिका र २ गाउँपालिकामा मात्र प्रमुख पदहरुमा उम्मेद्वार चयन गरेको छ । बाँकी नगर र गाउँपालिकामा उम्मेद्वार अझै छनौट हुन सकेको छैन ।

काङ्ग्रेसले गौरादह गाउँपालिकामा रोहित साह, गौरीगञ्ज गाउँपालिकामा फुलमति राजवंशी, भद्रपुर नगरपालिकामा, गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमक नगरपालिकामा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदमा चयन गरेको नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष उद्धव थापाले बताए ।

बाँकी नगर तथा गाउँपालिकाहरुमा जेठ १६ गते मात्र प्रमुख र उपप्रमुख पदका उम्मेद्वार सार्वजनिक गरिने पार्टीका उच्च नेताहरु बताउँछन् ।
नेपाली काङ्ग्रेसका एक केन्द्रीय सदस्यले दोस्रो चरणको निर्वाचन जेठ ३१ भन्दा अझ पछाडि सर्ने सम्भावना बढेको हुँदा उम्मेद्वारी चयनमा हतार नगरिएकोे जिकीर गरे । उनले जेठ १६ गतेभित्रमा जिल्लाका सबै उम्मेद्वारको टुङ्गो लगाउने बताए ।

त्यसैगरी, नेकपा एमालेमा पनि केही तहका प्रमुख पद र वडा तहका उम्मेद्वार चयनमा विलम्ब भएकाले कार्यकर्ताहरु खुलेर चुनावी अभियानमा हिँड्न सकिरहेका देखिदैनन् ।

एमालेले १३ वटा तहका प्रमुख र उपप्रमुखमा उम्मेद्वार चयन गरे पनि मेचीनगर नगरपालिका र विर्तामोड नगरपालिकामा अझै टुङ्गो लगाउन सकेको छैन ।

एक हप्तादेखि इटहरीमा प्रदेश नम्बरको एकको बैठक चलिरहेको छ । बैठकमा ती दुई नगरमा कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा रस्साकस्सी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: