कनकाई । सुरुङ्गा प्रेस क्लबद्वारा आयोजित पर्यटन प्रवद्र्धन सम्बन्धी गोष्ठी ९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
शुव्रmबार जामुनखाडी सीमसार पर्यटकीय क्षेत्रको सभाहलमा सम्पन्न गोष्ठीले कनकाईमा पर्यटन सूचना केन्द्रको स्थापनाका लागि पहल गर्ने, नगरभित्रका सबै पूर्वाधार निर्माणमा पर्यटकीय विकाससँग जोडेर अगाडि बढाउने, नगरलाई धार्मिक, कृषि, शैक्षिक, पर्यापर्यटनमा जोड दिँदै होमस्टेको व्यवस्थापन गर्ने, साँस्कृतिक तथा पुरातात्विक वस्तुहरुको ऐतिहासिक विषयवस्तु खोज अनुसन्धान तथा प्रचारप्रसार गर्ने, बन्द निषेधित कनकाई नगरको पहिचानलाई कायम राख्न निरन्तर जुटनेलगायत रहेका छन् ।
कार्यव्रmममा जामुनखाडी सामुदायिक वन तथा सीमसार पर्यटकीय क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले कनकाई नगरमा पर्यटनको विकास, सम्भावना, चुनौती र अवसर र पत्रकार एकराज गिरीद्वारा पर्यटन विकासमा सञ्चारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि सुकेडाँगी सामूदायिक वनका अध्यक्ष गंगाप्रसाद ढुङ्गेल र कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सह प्राध्यापक कोमलप्रसाद पोख्रेलले टिप्पणी गरेका थिए ।
प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षता रहेको कार्यव्रmममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य एवम् लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजीको प्रमुख आतिथ्यता रहेको थियो ।
गोष्ठीमा कनकाई नगरपालिकाका निमित्त कार्यकारी प्रमुख तेजबहादुर आचार्य, सामुदायिक वन महासङ्घका पूर्व केन्द्रीय सदस्य राजेन्द्र पोख्रेलले मन्तव्य राखेका थिए । गोष्ठीमा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेल, सतासी प्रेस क्लबका अध्यक्ष छविलाल दवाडी, कनकाई उद्योग वाणिज्य सङ्घका सचिव सोमनाथ उप्रेती, सामाजिक व्यक्तित्व कुमारमणि पोख्रेल, प्रेस क्लबका सहसचिव सूर्यप्रसाद अधिकारी, कार्य समिति सदस्य सावित्रा दाहालले घोषणापत्र तयार पारेको सचिव गोपीचन्द्र मिश्रले जनाए ।
कार्यव्रmममा कोषाध्यक्ष सङ्गीता उप्रेतीले स्वागत, उपाध्यक्ष मनोज बस्नेतले औचित्य र उपाध्यक्ष डिल्लीराम घोर्साईंले संस्थाको चिनारी गराएका थिए ।
कार्यव्रmममा स्थानीय सङघसंस्था, वडा नागरिक मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच राजेन्द्र पोख्रेल संयोजक रहेको कनकाई नगर पर्यकीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा पर्शुराम गिरी, सोमनाथ उप्रेती, गङ्गा ढुङ्गेल, सूर्य थापा,रामप्रसाद निरौला सदस्य रहेका छन् ।