‘न्यानो सहयोग’ कोष स्थापना

  प्रकाशित मिति
३१ जेष्ठ २०७७, शनिबार २२:४६


मेचीनगर । स्वास्थ्य र विपद्का बखत मानवीय सेवा गर्ने उद्देश्यले झापामा एउटा विपद् कोष खडा भएको छ ।

शनिबार मेचीनगरमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टा र बिर्तामोड मिडटाउनका पदाधिकारीहरुको भेलाले विपद् सहयोग मानवीय कोष स्थापना गरेको हो ।

कोषको नामाकरण ‘न्यानो सहयोग’ कोष राखिएको छ । विशेष गरी स्वास्थ्य र दैवि प्रकोप, बाढी पहिरोलगायत विपद्का बखत तत्काल सहयोग गर्ने गरी कोष खडा गरिएको कोषका सल्लाहकार सुजन प्रधानले बताए ।

उनका अनुसार कोषलाई व्यवस्थित र पारदर्शीरुपमा सञ्चालन गर्नका लागि रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका पुर्व अध्यक्ष सन्नी गोयलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिको फोकल पर्सन प्रकृति न्यौपाने, फण्ड चियर नितेशकुमार सिहं राजपुत, लजिष्टीक चियर जितेश अग्रवाल, पव्लिक रिलेशन चियर विवेक दाहाल छन् । समितिको कार्यकाल २ वर्षको रहने छ ।

भेलाले रोटरी क्लब अफ काँकरभिट्टाका पे्रसिडेण्ट नोमिनि इलेक्ट सुजन प्रधान संयोजक रहने गरी तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

सदस्यहरुमा रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष शरद जोशी र रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका पुर्व अध्यक्ष रविन सुवेदी छन् ।

कोषका विषयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका प्रेसिडेण्ट इलेक्ट राजपुत र बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट इलेक्ट न्यौपानेसहितका पदाधिकारीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता भएकै मितिबाट कोष विधिवत सञ्चालनमा आएको छ ।

सुरुमा एकलाख रुपैयाँको कोष खडा गरिएको भएपनि आगामी दिनमा कोष बृद्घि गरिने बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट इलेक्ट न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार कोषको रकम रोट्रयाक्टका सदस्यहरुसहित हाल महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणको अग्रपंक्तिमा खटिएका सदस्यहरुको सुरक्षा, नियन्त्रण र रोकथाम तथा प्राकृतिक विपद्का बखत खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: