न्यायका लागि सामीमा निवेदन

  प्रकाशित मिति
२३ असार २०७५, शनिबार १०:३३


भद्रपुर । वैदेशिक रोजगारीमा ठगिएका १ सय १४ जनाले सामी परियोजना झापामा न्यायका लागि निवेदन दिएका छन् ।

जिल्ला समन्वय समिति झापा अन्तर्गत सञ्चालित वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासी सामी परियोजनाले चन्द्रगढीमा शुक्रवार आयोजना गरेको कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यक्रममा सामी परियोजना झापाका संयोजक हरि मैनालीले आर्थिक वर्ष २०७४÷७५ को असारसम्ममा मेनपावरबाट ठगिएका १ सय ९५ जना पीडितहरुले न्यायका लागि निवेदन दिएको बताए ।

झापाका विभिन्न ८ वटा स्थानीय तहमार्फत् २५ हजार ४ सय ४९ जना वैदेशिक रोजगारीमा गएकाहरुलाई यस आर्थिक वर्षमा न्यायमा पहुँच पुर्याइएको र दलालमार्फत ठगिएका पीडितहरुको ७२ लाख १३ हजार रुपैयाँ फिर्ता गराइदिएको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले अबको ४ वर्ष भित्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: