न्यायाधीश बनिन् काँकरभिट्टाकी बबिता

  प्रकाशित मिति
५ माघ २०७३, बुधबार १०:५६


babita (1)
मेचीनगर । अदालतको न्यायाधीशमा मेचीनगरकी बबिता उप्रेती ढकाल नियुक्त भएकी छन् ।
न्याय परिषद्वारा हालै नियुक्त ८० जना उच्च न्यायाधीशमा बबितासहित ४ महिला रहेका छन् ।

मेचीनगर–१० काँकरभिट्टाकी बबिताले काँकरभिट्टा माध्यमिक विद्यालयबाट एसएलसी र मेची क्याम्पसबाट प्रविणताप्रमाणपत्र तह उत्तीर्ण गरेकी हुन् । उनी त्यसपछि पढ्नका लागि काठमाडौँ गएको र उतैबाट कानून विषयमा स्नातकोत्तर पूरा गरेको उनका जेठा दाजु रामचन्द्र उप्रेती बताउँछन् ।

‘सानैदेखि पढ्नमा असाध्य मिहेनती थिइन्’, दाजु रामचन्द्र उप्रेती बबिताको विषयमा राखिएको जिज्ञासामा भन्छन्–‘उनी चार जना उच्च अदालतका न्यायाधीशमा चयन हुनु भनेको महिला सशक्तिकरणमा एउटा आयाम हो भन्ने लाग्छ ।’

पिता स्व. त्रिलोचन उप्रेती र माता जानुका उप्रेतीकी छोरी बबिताका एक दिदी हरिमाया, तीन दाजुहरू रामचन्द्र, लक्ष्मी र गोपी छन् भने एक भाई मनोज उप्रेती छन् ।

न्यायाधीश बबिताका पति विमल ढकाल समेत सर्वोच्च अदालतका अधिवक्ता हुन् ।
झापाबाट भद्रपुरका जनक पाण्डेसमेत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । बबितालाई राजविराज र जनकलाई सुर्खेत उच्च अदालत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: